Monday, July 13, 2026
spot_img

प्रधानमन्त्री–अर्थमन्त्री भेटः ‘गरिब देश’बाट स्तरोन्नित हुने समय ३ वर्ष थप गरिने

spot_img

नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील राष्ट्रको सूचीमा स्तरोन्नतिका लागि थप ३ वर्ष समय माग गर्ने भएको छ । २०२६ नोभेम्बर २४ मा स्तरोन्नित हुने तालिका रहेपनि आर्थिक जोखिम बढेको र रोजगारी लगायतका क्षेत्र प्रभावित हुँदा प्रतिव्यक्ति आयमा समेत असर पर्न सक्ने भन्दै नेपालले संयुक्त राष्ट्रसंघसमक्ष ३ वर्ष समय थप गर्न अनुरोध गर्न लागेको हो ।

यस सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच छलफलसमेत भएको छ । त्यसअघि ‘नेपाल्स एलडीसी ग्राजुएशनः स्मुथ ट्रान्जिसन स्ट्राटेजी इम्प्लिमेन्टेशन एन्ड कोअर्डिनेशन कमिटी’को बैठकले स्तरोन्नतिको समय तालिकालाई ३ वर्ष पर सार्न संयुक्त राष्ट्रसंघसमक्ष अनुरोध गर्ने निर्णय गरिसकेको थियो । मंगलबार राष्ट्रिय योजना आयोगमा बसेको उक्त बैठकले अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र निर्णय गरेर राष्ट्रसंघसमक्ष समय सार्न अनुरोध गर्ने निर्णय गरेपछि शुक्रबार यसबारे जानकारी लिएर अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री शाहलाई भेट्न पुगेका थिए ।

अर्थले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने

शुक्रबार प्रधानमन्त्रीसँग भएको भेटमा अर्थमन्त्री डा. वाग्लेले यो विषयमा मन्त्रिपरिषदकै निर्णय चाहिने र चाँडै निर्णय गरेर राष्ट्रसंघसमक्ष अनुरोध गर्नुपर्ने बताएको स्रोतको भनाइ छ । संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसोक)लाई जानकारी गराइए पनि राष्ट्रसंघलाई नै पत्राचार गर्नुपर्ने र त्यसका लागि कार्यकारी तहको औपचारिक निर्णय हुनुपर्ने अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

त्यसपछि प्रधानमन्त्री शाहले आगामी मन्त्रिपरिषद बैठकमै प्रस्ताव ल्याउन निर्देशन दिएको बताइएको छ । उनले स्मुथ ट्रान्जिसन स्ट्राटेजी इम्प्लिमेन्टेशन एन्ड कोअर्डिनेशन कमिटीले समय सार्नका लागि देखाएका कारणहरुसहित अर्थ मन्त्रालयबाट मन्त्रिपरिषदमा प्रस्ताव ल्याउन भन्दै सोही अनुसार निर्णय गरेर तत्काल संयुक्त राष्ट्रसंघलाई जानकारी गराउने बताएका छन् ।

यस अनुसार अब अर्थमन्त्री डा. वाग्लेले मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजानेछन् । त्यसपछि मन्त्रिपरिषदले एलडीसी ग्राजुयशनको समय सार्न राष्ट्रसंघलाई अनुरोध गर्ने निर्णय गर्नेछ ।

निजी क्षेत्र खुशी

नेपालको निजी क्षेत्रले पनि स्तरोन्नतिको समय तीन वर्ष सार्न आग्रह गर्दै आएको थियो । गत भदौमा भएको जेन् जी आन्दोलन लगत्तै नेपाल उद्योग वाणिज्य महासंघले औपचारिक रुपमै एलडीसी ग्राजुयशनको समय तीन वर्ष पर सार्न अनुरोध गरेको थियो ।

यसअघिः

विकासशील राष्ट्रमा स्तरोन्नतिबारे छलफल, पहिले ग्रे लिस्टबाट निस्किन निजी क्षेत्रको सुझाव

अहिले मुलुकभित्र थप लगानी विस्तार नभइरहेको, पश्चिम एशियाली देशमा युद्ध र द्वन्दको अवस्था कायमै रहेको र छिमेकी देश बङ्गलादेशले पनि स्तरोन्नतिको समय सार्न अनुरोध गरिसकेको कारण देखाउँदै महासंघले नेपालले पनि समय सार्नुपर्ने माग गर्दै आएको थियो । स्तरोन्नतिमा जाँदा अन्तर्राष्ट्रिय ब्यापारमा प्राप्त हुँदै आएको भन्सार सहुलियत जस्ता सुविधाहरु गुम्दा निर्यात प्रभावित हुने र अहिलेको आर्थिक अनिश्चितताको अवस्थामा अझ बढी जोखिम बढ्ने भन्दै निजी क्षेत्रले स्तरोन्नतिको समय तालिका सार्न अनुरोध गर्दै आएका थिए ।

मन्त्रिपरिषदको कार्यालयले पनि निजी क्षेत्रको आग्रह अनुसार समयसीमा सार्न अनुरोध गर्न लागिएको जनाएको छ । यसबाट निजी क्षेत्र भने खुशी देखिएको छ । स्तरोन्नति हुँदा अहिले भइरहेको निर्यातमा ४.३ प्रतिशत अर्थात् ३० अर्बले कमी आउने विभिन्न अध्ययनले देखाएका छन् । यसैलाई आधार मानेर निजी क्षेत्रले तत्काल स्तरोन्नतिमा जाँदा निकासीमा कमी आउँदा कुल ग्राहस्थ उत्पादनमै त्यसको असर देखिने भन्दै समय सार्नुपर्ने आवाज उठाउँदै आएका थिए ।

‘अर्थतन्त्र स्थिर बनाउन साढे २ वर्ष लाग्छ’

उद्योगी व्यवसायीमाथि भइरहेको धरपकड र पूँजी निर्माणमा सरकारको तर्फबाट कमजोर खर्च भइरहेकाले अहिले अर्थतन्त्र अनिश्चित र अस्थिर अवस्थामा रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको भनाइ छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि अहिले मुलुकको अर्थतन्त्र अस्थिर र अनिश्चित रहेको स्वीकार गरेका छन् । उनले यो अनिश्चिततालाई स्थिर बनाउन साढे २ वर्ष समय लाग्ने बताउँदै आएका छन् ।

त्यहीँ भएर ३ वर्षभन्दा अगाडि स्तरोन्नतिमा जाँदा पुनः गरिब देशकै सूचीमा झर्नुपर्ने जोखिमसमेत हुने भएकाले ३ वर्षको समय थप गर्दा त्यतिबेलासम्म अर्थतन्त्रले एउटा आधार तय गरिसकेको हुने भनेर उनले प्रधानमन्त्रीलाई जानकारी गराएको बताइन्छ ।

यो पनिः

गरिब देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने मिति नजिकिँदै, अहिले आएर समय सार्न मिल्छ ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img