पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्से सीईओको प्रतिबद्धता

spot_img
spot_img

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ। एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमा पुगेर सीईओ सुबेदीलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो।

भेटका क्रममा एसोसिएसनका अध्यक्ष ढकालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए। उनले कार्ययोजनालाई समयमै कार्यान्वयन गर्न सके नेपालको पुँजीबजारमा देखिएका विद्यमान समस्या समाधान हुनुका साथै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न र बजारलाई थप पारदर्शी तथा व्यवस्थित बनाउन सहयोग पुग्ने बताए। ढकालले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे।

जवाफमा नेप्सेका सीईओ प्रताप सुबेदीले पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार रहेको बताए। उनले अर्थ मन्त्रालयको २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल र काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

पुँजीबजारको विकासका लागि नीतिगत सुधारसँगै संस्थागत समन्वय, प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको दुवै पक्षको धारणा थियो। एसोसिएसनले नेपालको पुँजीबजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप, सबै सुविधा मोबाइलमा

इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक...

६३ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार ...

Citizens Super 50 फण्डको इकाई आजदेखि बिक्रीमा

सिटिजन्स क्यापिटलले आज मङ्सिर २ गतेदेखि Citizens Super 50...

यी हुन् धेरै कर तिरेर सम्मान हुने १९ व्यक्ति तथा कम्पनी

सरकारले आर्थिक वर्ष २०८१/८२ मा धेरै कर तिर्ने कम्पनी...

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको पर्यटन समितिको संयोजकमा...

मङ्सिर ५ र ६ मा नास-आईटी एक्स्पो हुँदै, स्वदेशी प्रविधि र स्टार्टअपलाई प्राथमिकता

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी)...