spot_img

‘आगामी ४ वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक भित्र्याउने गरी कामको योजना बनाउँदैछु’

spot_img

भर्खरै म नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका रुपमा नियुक्त भएको छु । निजी क्षेत्र र पर्यटनसँग सरोकार राख्ने संघ संस्था तथा निकायहरुको अहिले निकै ठूलो अपेक्षा देखिन्छ । कोभिड–१९ पश्चात सबैभन्दा छिटो रिकभर हुन्छ भनिएको क्षेत्र पर्यटन भएपनि नेपालको हकमा अझै हामी कोभिड अगाडीको अवस्थामा फर्किन सकेका छैनौँ । त्यहीँ भएर पनि निजी क्षेत्र र पर्यटन सम्वद्ध निकायहरुले अहिले ठूलो अपेक्षा देखिन्छ ।

पर्यटन बोर्ड आफैँमा पनि सार्वजनिक–निजी साझेदारीको अवधारणा बमोजिम स्थापित संस्था हो । नेपाली गन्तव्यहरुको सुन्दरता र विशेषताको अन्तराष्ट्रिय स्तरसम्म प्रचार गर्ने महत्वपूर्ण जिम्मेवारी यस संस्थाको हो । तर, पछिल्लो समय अन्तराष्ट्रिय प्रवद्र्धनका कार्यक्रमहरु, निजी क्षेत्रसँगको सहकार्य त्यति प्रभावकारी भइरहेको रहेनछ । यसकारणले पनि अहिले पर्यटन क्षेत्रको ठूलो अपेक्षा छ ।

यो अपेक्षाका बीचमा चुनौतिहरु पनि छन् । खासगरी गन्तव्यसम्मको पहुँच, पूर्वाधारको अवस्था जस्ता चिजहरुको चुनौति छ । चुनौतिलाई एक खालको अवसर र उत्प्रेरणाका रुपमा लिएर काम गर्ने योजना बनाएको छु ।

प्रमुख कार्यकारीको अवधि ४ वर्षको हुन्छ । ४ वर्षमध्ये पहिलो वर्षलाई पर्यटन क्षेत्रलाई कोभिड अगाडीको अवस्थामा कसरी फर्काउन सकिन्छ भन्ने योजना बनाएर त्यस अनुसार काम गर्ने तयारी अघि बढाएको छु । सन् २०२३ को तथ्याङ्क हामीले हेर्ने हो भने पनि कोभिड अगाडीको भन्दा पर्यटक आगमन १४ प्रतिशतले अझै कम छ । यसपालीकै अगष्ट महिनाको तथ्याङ्क हेर्दा पनि २३ प्रतिशतले कम छ । जबकी, अन्तराष्ट्रिय रुपमा हेर्ने हो भने ९२ प्रतिशत रिकभर भइसकेको अवस्था छ । हामी जस्ता प्राकृतिक गन्तव्य बढी भएका (नेचर बेश डेस्टिनेशन) मुलुकहरुले कोभिडभन्दा अगाडीको अवस्थामा फर्किसकेर पनि २५ प्रतिशत, २० प्रतिशत ‘ग्रोथ’ गरिसकेका छन् । यस हिसाबले मेरो पहिलो वर्षको प्राथमिकतामा सकेसम्म हामी यसवर्ष कोभिड अगाडीको फर्किने गरी काम गर्ने भन्ने छ । त्यसपछि हामी यसलाई विस्तार गर्दै जानेछौँ ।

पर्यटन भनेको ‘आइशोलेशन’मा बसेर विकसित हुन सक्दैन । पर्यटन बोर्डमार्फत दुइ वटा मुख्य भूमीका निर्वाह गर्ने सोच बनाएको छु । एउटा, मुख्य सरोकारवालासँग समन्वय बढाउने । यसमा अध्यागमन विभाग जस्ता निकायहरु पर्छन् । हामी ई–भिसामा अझै अभ्यस्त भइसकेका छैनौँ, यसमा सहजीकरण गर्नुपर्नेछ ।

परराष्ट्र मन्त्रालयअन्तर्गत थुप्रै देशहरुमा दूतावास छन्, कुटनीतिक नियोगहरु छन् । विभिन्न देशका महावाणिज्य दूतहरु हुनुहुन्छ । उहाँहरुसँग प्रभावकारी समन्वय र सहकार्य गरेर स्रोत बजारहरुमा नेपालबारे विशिष्ट र सकारात्मक सन्देश फैलाउनेछौँ ।

यसैगरी हाम्रा पूर्वाधारहरुको विकास भएपनि सञ्चालन हुन सकेका छैनन् । खासगरी, पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल बनेपनि सञ्चालन हुन सकेका छैनन् । यसका लागि पनि कुटनीतिक पहल गर्ने मामिलामा सरकारलाई सहयोग गर्नुपर्नेछ ।

यस्तै, हाम्रो हवाई भाडा नै महँगो हुँदा पनि असहज बनिरहेको अवस्था छ । यी चिजहरुमा के कसरी सहजीकरण गर्न सकिन्छ र सकारात्मक भूमीका खेल्न सकिन्छ भनेर बोर्डका साथीहरु, पर्यटन सम्वद्ध सरोकार राख्ने संघ संस्थासँग बसेर योजना बनाएर जाने तयारी गरिरहेको छु ।

दोस्रो कुरा, पर्यटन बोर्ड आफैँले नेतृत्व लिएर नयाँ ढङ्गले स्रोत बजारमा प्रचार गर्ने । विगतदेखि हामीले हेर्ने हो भने नेपाल भन्ने वित्तिक्कै पर्वतीय र साहसिक गतिविधिका लागि स्थापित छ । पछिल्लो अवस्थामा संसारको पर्यटन विस्तारित भइरहेको छ । ‘एक्सपियरेन्स टुरिजम’का रुपमा संसारको पर्यटन विस्तार भइरहेको छ । यस हिसाबमा हामीले ‘लाइफटाइम एक्सपियरेन्स’को थिममा नेपाललाई प्रचारित गर्ने र त्यस अनुसारका ‘प्रोडक्ट’को विकास गर्ने गरी काम गर्नुपर्नेछ ।

नेपालको ‘वाइल्ड लाइफ’, नेपालको ‘फूड’, नेपालका चाडपर्वहरु, सांस्कृति सम्पदा र समुदाय नै पिच्छेका फरक फरक संस्कृति र परम्पराहरु, वेलनेश टुरिजम लगायतमा चिजको प्रचार गर्ने योजना बनाउँदैछौँ । नेपाल आउँदा जीवनमा कहिल्यै भुल्न नसकिने कम्तीमा यस्ता २५ वटा यस्ता चिजहरुको ‘लाइफटाइम एक्सपियरेन्स’ पाइन्छ है भनेर प्रचार गर्ने तयारी हामी गर्दैछौँ । यीमध्ये केही अहिले पनि भइरहेको छ, यसमा बाँकी थप गर्दै जानेछौँ ।

यसका लागि हामीले निजी क्षेत्रलाई यी प्याकेजहरु बिक्री गर्न उत्प्रेरित गर्ने र ति प्याकेजहरुलाई पर्यटन बोर्डमार्फत स्रोत बजारमा प्रचारित गरिने नीति लिने योजना बनाउँदैछौँ ।

सरकाले यस आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पनि लिएको छ । यस आर्थिक वर्षबाटै १६औँ पञ्चवर्षीय योजना पनि कार्यान्वयनमा आएको छ । १६औँ योजनाले आगामी ५ वर्षमा वार्षिक २५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । बोर्डले पनि अबको ४ वर्षमा वार्षिक २५ लाख पर्यटक भित्र्याउने योजना बनाएर काम गर्नेछ ।

केवल पर्यटकको संख्या बढाउने भन्दा पनि खर्चालु पर्यटक ल्याउने र उनीहरुलाई बढी भन्दा बढी समय नेपालमा राख्ने वातावरण कसरी बनाउन सकिन्छ भन्नेमा हामी योजनावद्ध रुपमा काम गर्नेछौँ । अहिले प्रतिपर्यटक प्रतिदिन खर्च ४० डलर छ, ४ वर्षमा यसलाई बढाएर प्रतिपर्यटक प्रतिदिन खर्च ८५ डलरसम्म पुर्‍याउने योजनाका साथ काम गर्दैछौँ । संख्या त चाहिन्छ नै, सँगै संख्याभन्दा पनि बढी हामीले ध्यान दिनुपर्ने विषय चाहिँ ‘क्वालिटी टुरिजम’मा हो । यसको अर्थ पर्यटकले बढी भन्दा बढी खर्च गर्ने वातावरण सिर्जना गर्ने भन्ने हो । पर्यटनमार्फत मुलुकलाई उल्लेख्य आम्दानी दिलाउने विषय नै बोर्डको प्राथमिकतामा छ । यसका लागि जहाँ जसरी जोडिनुपर्ने हो हामी जोडिँदै जान्छौँ ।

अहिले प्रादेशिक सरकारहरु पनि छन् । प्रदेश सरकारले पनि पर्यटनलाई प्राथमिकतामा राखेका छन्, उनीहरुसँग पनि सहकार्य गर्दै गन्तव्यहरुको पहिचान र प्रचारमा हातेमालो गर्दै जानेछौँ ।

(नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँगको कुराकानीमा आधारित)

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रोशी खोलाको बाढीले खतराको तह नाघ्यो, साइरन बज्न थाल्यो

बिपी राजमार्गको आडबाट बग्ने रोशी खोलाको बाढीले खतराको तह...

देशका मुख्य राजमार्ग बन्द, काठमाडौँमै रोकिए गाडी

निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्दा महत्वपूर्ण...

काठमाडौँ महानगरले भन्यो ‘फोहोरलाई घर भित्रै राख्नुहोस्’

लगातारको अविरल वर्षाका कारण फोहोरो व्यवस्थापनमा पनि समस्या भएको...

टाइम फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि ५४ लाख २५ हजार सहयोग

टाइम फर्मास्युटिकल्सले भोटेकोशी बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि...

वर्षाका कारण देशभरका ५ विमानस्थल बन्द

लगातारको वर्षाका कारण देशभरका ५ विमानस्थल बन्द भएका छन्...

प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन...