मङ्सिर ९ गतेदेखि नबिल ग्रोथ फण्डको इकाई निष्काशन हुँदै

spot_img
spot_img

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले मङ्सिर ९ गतेदेखि नबिल ग्रोथ फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ। यस योजनाको आकार १ अर्बको रहेको छ। जसमा १० रुपैयाँ अंकित मूल्यमा १० करोड इकाई निष्काशन हुने छ।

जस मध्ये १ करोड ४० लाख इकाई कोष प्रबर्दक नबिल बैंकलाई छुट्याईएको छ भने १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याईएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन हुने छ ।

यस निष्काशनमा लगानीकर्ताले छिटोमा मङ्सिर १४ गतेसम्म र ढिलोमा मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिनेछ।

बन्दमुखी प्रकृतिको यस योजनाको अवधि १० वर्ष रहेको छ। नेपाल धितोपत्र बोर्डले कार्तिक ११ गते फण्ड संचालनको अनुमति दिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छठको दोस्रो दिन आज खरना

सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन...

सोमबार सार्वजनिक बिदा

सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको छ । गृह...

सोपान मल्टिपलद्वारा १०.५२६३ प्रतिशत लाभांश घोषणा, मङ्सिर १२ मा साधारणसभा

सोपान मल्टिपल कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।...

तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कुटनीतिक पहल नपुगेको सरोकारवालाको भनाइ

नेपाल–चीन प्रमुख व्यापारिक नाका ‘तातोपानी’लाई तत्काल पूर्ण रूपमा सञ्चालनमा...

राष्ट्र बैंकले माग्यो ६१ जना कर्मचारी, १२ पासलाई पनि अवसर

नेपाल राष्ट्र बैंकले खुला प्रतियोगिताद्वारा पूर्ति गरिने विभिन्न पदका...

सिटी होटलको नोक्सानी २८ प्रतिशतले घट्यो, कुल आम्दानीमा ४.७ प्रतिशत वृद्धि

नेपालको पहिलो हायात सेन्ट्रिक ब्राण्डको होटल सञ्चालक सिटी होटल...