सोपान मल्टिपलद्वारा १०.५२६३ प्रतिशत लाभांश घोषणा, मङ्सिर १२ मा साधारणसभा

spot_img
spot_img

सोपान मल्टिपल कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले मङ्सिर १२ गते १८ औं वार्षिक साधारणसभा बोलाएको छ। सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत आ.व.२०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन सहित २०८३ आषाढ मसान्त ( आ.व. २०८२ / ०८३ ) सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ।

त्यस्तै आ.व. २०८३/०८४ को लागी लेखापरिक्षण समिति तथा सञ्चालक समितिको सिफारीस मुताविक लेखापरीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने तथा सञ्चालक समितिद्वारा रिक्त रहेको एक सञ्चालक सदस्यको पदमा नयाँ नियुक्ति गरिएको निर्णय अनुमोदन गर्ने प्रस्ताव पेश हुनेछ। सभाले सञ्चालक समिति सदस्यहरुको बैठक भत्ता, तथा अन्य सेवा सुविधा निर्धारण गर्ने छ। विशेष प्रस्ताव अन्तर्गत कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुने छ।

यस कम्पनीले औषधि, स्वास्थ्य, जलविद्युत, शिक्षा लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । यस कम्पनीको लगानी रहेको सोपान फर्मासुटिकल्सले आईपीओ निष्काशन सम्पन्न गरिसकेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छठको दोस्रो दिन आज खरना

सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन...

सोमबार सार्वजनिक बिदा

सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको छ । गृह...

तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कुटनीतिक पहल नपुगेको सरोकारवालाको भनाइ

नेपाल–चीन प्रमुख व्यापारिक नाका ‘तातोपानी’लाई तत्काल पूर्ण रूपमा सञ्चालनमा...

राष्ट्र बैंकले माग्यो ६१ जना कर्मचारी, १२ पासलाई पनि अवसर

नेपाल राष्ट्र बैंकले खुला प्रतियोगिताद्वारा पूर्ति गरिने विभिन्न पदका...

मङ्सिर ९ गतेदेखि नबिल ग्रोथ फण्डको इकाई निष्काशन हुँदै

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले मङ्सिर ९ गतेदेखि नबिल ग्रोथ...

सिटी होटलको नोक्सानी २८ प्रतिशतले घट्यो, कुल आम्दानीमा ४.७ प्रतिशत वृद्धि

नेपालको पहिलो हायात सेन्ट्रिक ब्राण्डको होटल सञ्चालक सिटी होटल...