राष्ट्र बैंकले माग्यो ६१ जना कर्मचारी, १२ पासलाई पनि अवसर

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले खुला प्रतियोगिताद्वारा पूर्ति गरिने विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले कात्तिक २७ गते सूचना जारी गरी योग्य नेपाली नागरिकबाट विद्युतीय माध्यमबाट आवेदन माग गरेको हो। सूचना कात्तिक २८ गतेको गोरखापत्र दैनिकमा प्रकाशित हुने छ।

राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीका चार प्रकारका सहायक निर्देशक र सहायक द्वितीय श्रेणीको सहायक गरी कुल ६१ पदमा कर्मचारी पूर्ति गर्ने जनाएको छ।

सहायक निर्देशक (प्रशासन), विज्ञापन नं. ११/२०८३: २६ पद (खुला १४, महिला ४, आदिवासी जनजाति ३, मधेशी ३, दलित १, अपाङ्गता १)
सहायक निर्देशक (लेखा/लेखापरीक्षण), नं. १२/२०८३: ३ पद (खुला २, महिला १)
सहायक निर्देशक (वाणिज्य कानुन), नं. १३/२०८३: २ पद (महिला १, दलित १); यो विज्ञापन पुनः प्रकाशित हो
सहायक निर्देशक (सूचना प्रविधि), नं. १४/२०८३: ४ पद (खुला २, आदिवासी जनजाति १, मधेशी १)
सहायक (सहायक द्वितीय), नं. १५/२०८३: २६ पद (खुला १४, महिला ४, आदिवासी जनजाति ३, मधेशी ३, दलित १, अपाङ्गता १)

आवेदन दिने अवधि

आवेदन कात्तिक २७ गतेदेखि विद्युतीय माध्यमबाट खुला छ। सामान्य दस्तुरसहित आवेदन दिने अन्तिम मिति मङ्सिर १७ गते हो। दोब्बर दस्तुरसहित मङ्सिर २४ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन बैंकको वेबसाइट www.nrb.org.np को CAREER मा रहेको Online Portal for Open Competition वा https://jobs.nrb.org.np/ बाट दिनुपर्छ।

आवश्यक योग्यता
सहायक निर्देशक (प्रशासन): मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर।
सहायक निर्देशक (लेखा/लेखापरीक्षण): मान्यताप्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी (CA/ACCA/CPA) उत्तीर्ण।
सहायक निर्देशक (वाणिज्य कानुन): कानुनमा स्नातकोत्तर, वा अर्थशास्त्र, व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर गरी कानुनमा स्नातक।
सहायक निर्देशक (सूचना प्रविधि): कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन विषयमा स्नातक वा सो सरह।
सहायक (सहायक द्वितीय): +२ वा सो सरह उत्तीर्ण। साथै लोक सेवा आयोगको एकीकृत परीक्षा प्रणालीमा आधारित संस्थाहरूको सहायकस्तर प्रथम श्रेणी, पाँचौ तह वा सो सरहका पदहरूको पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र चाहिन्छ। यो प्रमाणपत्र जारी भएको मितिले एक वर्ष म्याद कायम भएको हुनुपर्छ।

सहायक निर्देशकका लागि मङ्सिर १७ गते २१ वर्ष पूरा भई ३५ वर्ष नाघेको हुनुहुँदैन। सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष नाघेको हुनुहुँदैन। महिला उम्मेदवारका हकमा माथिल्लो उमेर हद ४० वर्ष हो। राष्ट्र बैंकका स्थायी कर्मचारीलाई उमेर हद लाग्दैन।

परीक्षाको मिति र कार्यक्रमसम्बन्धी सूचना लोक सेवा आयोगले प्रकाशन गर्नेछ। पाठ्यक्रम र पूर्ण विवरण बैंकको वेबसाइटको CAREER मा उपलब्ध छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छठको दोस्रो दिन आज खरना

सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन...

सोमबार सार्वजनिक बिदा

सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको छ । गृह...

सोपान मल्टिपलद्वारा १०.५२६३ प्रतिशत लाभांश घोषणा, मङ्सिर १२ मा साधारणसभा

सोपान मल्टिपल कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।...

तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कुटनीतिक पहल नपुगेको सरोकारवालाको भनाइ

नेपाल–चीन प्रमुख व्यापारिक नाका ‘तातोपानी’लाई तत्काल पूर्ण रूपमा सञ्चालनमा...

मङ्सिर ९ गतेदेखि नबिल ग्रोथ फण्डको इकाई निष्काशन हुँदै

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले मङ्सिर ९ गतेदेखि नबिल ग्रोथ...

सिटी होटलको नोक्सानी २८ प्रतिशतले घट्यो, कुल आम्दानीमा ४.७ प्रतिशत वृद्धि

नेपालको पहिलो हायात सेन्ट्रिक ब्राण्डको होटल सञ्चालक सिटी होटल...