Friday, May 8, 2026
spot_img

नेपाली सिमेन्टको निकासीमा भारतको अवरोध, ‘बीआईएस रिन्यू’ नहुँदा अर्घाखाँचीको निर्यात ठप्प

spot_img
spot_img

भारतले नेपाली सिमेन्टको आयातमा अवरोध गर्न थालेपछि नेपालका सिमेन्ट उद्योगहरु मर्कामा पर्न थालेका छन् । कुनै कारण नदेखाई भारतले नेपालबाट सिमेन्ट निर्यात गर्दै आएका उद्योगहरुको बीआईएस (ब्यूरो अफ इण्डियन स्ट्याण्डर्स) नवीकरण गर्न आनाकानी गरिरहेको उद्योगीहरुले बताएका छन् ।

भारतमा सिमेन्ट पठाउन नेपालका सिमेन्ट उद्योगहरुले भारतीय गुणस्तर (बीआईएस) लिनुपर्ने हुन्छ । ब्यूरो अफ इण्डियन स्ट्याण्डर्सले एक पटकमा एक वर्षका लागि यस्तो मान्यता दिने गरेको छ । तर, त्यस्तो अवधि पूरा भएपछि उसले बीआईएस नवीकरण गर्न आनाकानी गरिरहेको र जसका कारण नेपाली सिमेन्टको भारतमा निकासी प्रभावित बन्न पुगेको उद्योगीहरुले बताएका छन् ।

‘हाम्रो अर्घाखाँची सिमेन्टको बीआईएस रिन्यू हुन सकेको छैन’ उद्योगी राजेश अग्रवालले भने, ‘हामीले बारम्बार अनुरोध गर्दा पनि भारतीय पक्षले मानिरहेको छैन, तर गर्दैनौँ पनि भनेको छैन । यसपछि नेपालको उद्योग मन्त्रालयमा यसबारे हामीले अवगत गराएका छौँ, भारतीय दूतावासलाई पनि पत्र लेखेका छौँ ।’

उनले उद्योगी व्यवसायीहरुको भारतीय सरकारसँग सिँधा पहुँच नहुने भएकाले नेपाल सरकारले नै यसबारे कुटनीतिक पहल गर्नुपर्ने बताएका छन् । तर, नेपालको कुनै पनि मन्त्रालय, कुनै पनि मन्त्री, कुनै पनि सचिव र आधिकारिक विभागको अधिकारीले आजसम्म भारतीय निकाय र पक्षसँग यसबारे औपचारिक छलफल नै नगरेको उनको गुनासो छ ।

‘ब्यापार घाटा चुलिएको बेला अलिअलि भएपनि सिमेन्टको निकासी सुरु भएपछि एक खालको आशा पलाएको थियो, तर निकासी रोकिन थालेपछि यसबारे हामीले जानकारी गराउँदा पनि सरकारबाट भारत सरकारसँग लविङ भएन’ नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापतिसमेत रहेका अग्रवालले थपे, ‘पत्र लेख्ने, जवाफ कुर्ने गर्ने भन्दा पनि तत्काल एउटा टिम नै बनाएर नेपाल सरकारले भारतीय पक्षसँग वार्ता छलफल गर्नुपर्छ, यसो हुँदा एक हप्ता पनि लाग्दैन, एक दिनमा समस्याको समाधान हुन्छ ।’

दुग्ध पदार्थको आयातमा प्रतिबन्ध लगाउँदा सिमेन्टको निकासी प्रभावित भएको चर्चा

यसैबीच, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भारतबाट दुग्ध पदार्थको आयातमा प्रतिबन्ध लगाउँदा त्यसको भारतीय पक्षले नेपाली सिमेन्टको आयातमा अवरोध गरेको चर्चा पनि हुन थालेको छ । दुग्ध पदार्थको आयात रोक्दा भारतमा भइरहेको सिमेन्टको निकासी प्रभावित भएको लख काट्न थालिएको छ ।

यद्यपी, उद्योगीहरुले भने यसबारे मुख खोलेका छैनन् । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकसमेत रहेका अग्रवालले नेपालले दुग्ध पदार्थको आयात रोकेकै आधारमा भारतले नेपाली सिमेन्टको आयातमा अवरोध गरेको भन्ने टिप्पणी खासै उपर्युक्त नदेखिने बताएका छन् ।

‘नेपालले दुग्ध पदार्थको आयात रोकेर भारतले नेपाली सिमेन्ट लिन आनाकानी गर्‍यो भन्ने चर्चाबारे त म केही बोल्न चाहन्न’ उनले भने, ‘तर, यदि साँच्चै यो कुरामा सत्यता छ भने भारतले कुनै पनि उद्योगको सिमेन्ट लिनुनपर्ने हो, अहिले बीआईएसको म्याद बाँकी रहेका उद्योगबाट निकासी भइरहेकै छ । बीआईएसको म्याद सकिएकाको मात्रै रिन्यू नभएको हो ।’

यता, दुग्ध पदार्थको आयात रोकिएका कारण भारतमा नेपाली सिमेन्टको निकासी प्रभावित भएको चर्चा चल्न थालेपछि नेपाल डेरी संघले एक विज्ञप्ती निकालेर दुग्ध पदार्थको आयात रोक्ने सरकारी कदम सही भएको भन्दै आयात नखुलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

अध्यक्ष भए लगत्तै अन्जन श्रेष्ठले किन गर्दैछन् महासंघको नियमावलीमा संशोधन ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव अगाडि नियमावली...

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

यस्तो छ आजको लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर...

नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको...
spot_img