Friday, July 17, 2026
spot_img

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

spot_img

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ बैठकबाट नेपाल र भारतबीचको सीमापार विद्युत् प्रसारण क्षमता उल्लेखनीय रूपमा विस्तार गर्ने निर्णय भएपछि नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले खुशी व्यक्त गरेको छ ।

ढल्केबर–मुजफ्फरपुर तथा ढल्केबर–सितामढी ४०० केभी प्रसारण लाइनमार्फत नेपालबाट भारततर्फ विद्युत् निर्यात क्षमता १,१०० मेगावाटबाट बढाई १,६५० मेगावाट पु¥याउने तथा आयात क्षमता १,००० मेगावाटबाट १,४०० मेगावाट पु¥याउने सहमतिले नेपालबाट थप ५५० मेगावाट विद्युत् निर्यातको मार्ग प्रशस्त गरेको निक्कीको विश्वास छ । यो निर्णय नेपाल–भारतबीचको रणनीतिक साझेदारी तथा ऊर्जा सहकार्यमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको निक्कीले जनाएको छ ।

संघले इनरुवा–पूर्णिया, दोधोधरा–बरेली, मोतिहारी–निजगढ, चमेलिया–जौलजीबी तथा नयाँ बुटवल–गोरखपुर लगायतका रणनीतिक सीमापार प्रसारण पूर्वाधार आयोजनाहरूमा भएको प्रगति नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रमा विकसित भएको आपसी विश्वास, समझदारी र सहकार्यको प्रतिफल भएको पनि जनाएको छ । यी आयोजनाले नेपाल–भारतबीचको दीर्घकालीन ऊर्जा साझेदारीलाई अझ सुदृढ बनाउनुका साथै दक्षिण एशियामा सुदृढ क्षेत्रीय विद्युत् बजारको विकासमा महत्वपूर्ण योगदान पु¥याउनेमा संघले विश्वास लिएको छ ।

नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड बीचको निरन्तर सहकार्य तथा संयुक्त लगानीमार्फत अघि बढाइएका प्रसारण परियोजनाहरूको कार्यान्वयनलाई पनि संघले स्वागत गर्दै यस्ता संस्थागत साझेदारीहरूले भविष्यमा नेपाल–भारत ऊर्जा सहकार्यलाई अझ व्यापक र प्रभावकारी बनाउने बलियो आधार तयार गर्ने विश्वास लिएको छ ।

सरकार–सरकारबीचको सहकार्यको अलावा नेपाल र भारतका सरकार, सार्वजनिक संस्थान तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक रहेकोमा संघको विश्वास छ । सरकार–सार्वजनिक संस्थान, सरकार–निजी क्षेत्र, सार्वजनिक संस्थान–सार्वजनिक संस्थान तथा निजी क्षेत्र–निजी क्षेत्रबीचको साझेदारीले ऊर्जा उत्पादन, प्रसारण पूर्वाधार विकास तथा सीमापार विद्युत् व्यापारका क्षेत्रमा लगानी, प्रविधि हस्तान्तरण र दीर्घकालीन सहकार्यलाई थप गति प्रदान गर्ने पनि निक्कीले जनाएको छ ।

नेपालसँग अपार जलविद्युत् सम्भावना रहेको छ भने भारतको तीव्र गतिमा विस्तार भइरहेको अर्थतन्त्र स्वच्छ तथा नवीकरणीय ऊर्जाको ठूलो र दीर्घकालीन बजारका रूपमा रहेको भन्दै निक्कीले हालका निर्णय तथा प्रगतिहरूले दुवै देशका अर्थतन्त्रबीचको परिपूरक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै नेपालमा जलविद्युत् उत्पादन, प्रसारण पूर्वाधार तथा ऊर्जा–आधारित उद्योगहरूमा दीर्घकालीन लगानीका लागि थप विश्वास सिर्जना गरेको संघको धारणा छ ।

संघले भारतका सार्वजनिक तथा निजी क्षेत्रका अग्रणी कम्पनीहरू, संस्थागत लगानीकर्ता तथा ऊर्जा विकासकर्ताहरूलाई नेपालको जलविद्युत् उत्पादन, प्रसारण पूर्वाधार तथा ऊर्जा–आधारित उद्योगहरूमा थप लगानी विस्तार गर्न आग्रह पनि गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...

नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओ सुमन आचार्यले सम्हाले कार्यभार

लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सरकारी सेवाबाट आएका करारका कर्मचारी आजैदेखि निकालिए, अन्यलाई पनि हटाउने संकेत

सरकारले यस अघि सरकारी सेवामा रहेर हाल करारमा रहेका...

अर्जेन्टिनामाथि फिफाले थाल्यो छानबिन, कारवाहीको सम्भावना

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनामाथि छानबिन थालेको छ...
spot_img