spot_img

अमेरिका पुगे अर्थमन्त्री वाग्ले, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता

spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन्। उनलाई वासिङ्टन, डी.सी.मा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत गरेका थिए।

भ्रमणका क्रममा मन्त्री वाग्लेले नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने उद्देश्यका साथ सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्नेछन्। भेटवार्ताका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, FATF Grey List बाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विविध विषयमा छलफल हुनेछ।

छलफल र भेटवार्ताका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैङ्क तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ। साथै सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले International Development Finance Corporation (DFC) का उच्च पदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सीएसआईटी प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकको चासो

सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएन)द्वारा आयोजित प्रविधि मेलामा करियर...

मन्त्रीले साल्ट ट्रेडिङलाई चिनी बेच्न नदिएको गुनासो, बजारमा मनपरी मौलायो

दशैँ नजिकिँदै जाँदा बजारमा चिनीको अभाव अझै उस्तै छ...

मनोकामना क्यापिटल बन्यो सांग्रिला डेभलपमेन्ट बैंकको सबैभन्दा ठूलो शेयरधनी, अरु को को ?

सांग्रिला डेभलपमेन्ट बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको...

बेनेलीको दशैं अफर: एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा

बेनेली नेपालले दशैंको अवसरलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि...

घट्यो सुनचाँदीको मूल्य

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

९२२ स्टार्टअपले पाए १ अर्ब ५ करोड सहुलियत ऋण

स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा...