spot_img

सीएसआईटी प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकको चासो

spot_img

सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएन)द्वारा आयोजित प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकले उल्लेख्य चासो देखाएका छन् । काठमाडौंको मैतिदेबीस्थित लर्डबुद्ध एजुकेशन फाउण्डेशन एलबीईएफमा आयोजित कार्यक्रममा विद्यार्थी, युवा, प्रविधि व्यवसायी, उद्यमी र रोजगारदाताको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुलाई शिक्षासंगै प्रविधिमा दक्षता हासिल गराउने उद्देश्यले मेलाको आयोजना गरिएको (सीएसआईटीएन)की अध्यक्ष प्रतिक्षा आले मगरले जानकारी दिए । प्रविधि मेला विद्यार्थीहरुलाई स्वदेशमै रोजगारी र उद्यमशिलता विकास गराउनुमा केन्द्रीत भएको उनको भनाई छ । प्रविधि, विद्यर्थीको भविश्य र नवप्रवर्तनलाई एउटै थलोमा ल्याउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक सीएसआईटी एसोसिएसन अफ नेपालले जनाएको छ ।

मेलामा विद्यार्थी, आइटी उद्यमी तथा अभिभावक र समुदायबीच सहकार्य बढाउनु, सिप र अवसरलाई जोड्नु तथा नेपालको डिजिटल भविश्यका लागि सक्षम जनशक्ति तयार पार्नु रहेको एलबीईएफका अध्यक्ष इन्जिनियर पंकज जालानले जानकारी दिए ।

अध्यक्ष जालानले मुलुकलाई प्रविधिमैत्री बनाउन एवं विद्यार्थीहरुलाई स्वदेशमै रोजगारमुलक बनाउन कार्यक्रम आयोजना गरिएको बताए । नेपालको प्रविधिलाई विदेशमा बेचेर आर्थिक उन्नती गर्ने बेला भईसकेको र सोही अनुसारको जनशक्ति आजको आवश्यक्ता रहेको जालानको भनाई छ । बजारको माग अनुसारको आईटी शिक्षा अबको आवश्यक्ता रहेको अध्यक्ष जालानले बताए ।

मेलामा सहभागीले करियर मार्गदर्शन, नवीन विचार प्रस्तुति, मेन्टरसँगको अन्तरक्रिया, प्राविधिक सिर्जना र नेटवर्किङका विषयमा छलफल गरेका थिए ।

मेलामा क्रिएटिभ क्ल्यास, बिल्ड ब्याटल, क्याप्चर द फ्ल्याग (सीटीएफ), क्ल्यास रोयाल र इफुटबल गरी पाँच प्रतियोगिता आयोजना गरिएको थियो ।

एलबीईएफमा आयोजित मेला सहभागीको सिर्जनशीलता, प्राविधिक दक्षता, समस्या समाधान क्षमता र टिमवर्कलाई मञ्च दिन सफल भएको विश्वास गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...