सरकारले यसैवर्ष आर्थिक सुधारसँग सम्बन्धित २७ वटा कानून ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमै सरकारले २७ वटा नयाँ कानुन ल्याउने बताएका छन् ।
शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी कार्यशाला गोष्ठीमा अर्थमन्त्री डा. वाग्लेले आफू अर्थमन्त्री भएपछि १५ वटा पूराना ऐन खारेज गरेको र अब २७ वटा नयाँ कानुन यही वर्ष ल्याउने बताएका हन् ।
वाग्लेले निजी क्षेत्रले विगतदेखि उठाउँदै आएको कानुन संशोधनको विषयलाई पनि सरकारले अघि बढाएको बताए।
सिएनआईले भनेका २८ वटा र उद्योग वाणिज्य महासंघले भनेका ४२ वटा कानुनभन्दा माथि उठेर १६६ वटा कानुन सुधार गर्न लागिएको त्यसमध्ये पनि ५४ वटा कानून क्याविनेटबाट पास भइसकेको अर्थमन्त्री वाग्लेले बताएका छन् ।









