spot_img

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

spot_img
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन् । विश्व बैङ्क समूह (World Bank Group) का अध्यक्ष अजय बङ्गा (Ajay Banga) को निमन्त्रणामा अर्थमन्त्री डा. वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वासिङ्टन डी.सी. प्रस्थान गरेको हो ।
उक्त भ्रमणका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, FATF Grey List बाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विविध विषयमा छलफल हुने तय भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैङ्क, अमेरिकी अर्थ मन्त्रालय र International Development Finance Corporation (DFC) का उच्च पदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
छलफलका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैङ्क तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुने बताइएको छ ।
साथै सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दशैँमा काठमाडौँ छोड्ने यात्रुलाई सहजीकरण गर्न ‘सहायता कक्ष’ स्थापना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ ।...

तलब कम भएको भन्दै नेपाल एयरलाइन्सका ६ पाइलटद्वारा राजीनामा

सेवा–सुविधा काम भएको भन्दै नेपाल एयरलाइन्सका ६ जना पाइलटले...

अर्थतन्त्र सुधारका लागि यसैवर्ष २७ वटा नयाँ कानुन ल्याउने सरकारको तयारी

सरकारले यसैवर्ष आर्थिक सुधारसँग सम्बन्धित २७ वटा कानून ल्याउने...

बाहिरी सीए खटाएर साल्ट ट्रेडिङलाई जरिवाना, मन्त्रीले वाणिज्य विभागलाई अविश्वास गरेका हुन् ?

बिहिबार साँझतिर वाणिज्य विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई ३ लाख...

सोमबारदेखि बन्द हुँदै सुपथ मूल्य र कम स्पीडका इन्टरनेट प्याकेज

इन्टरनेट सेवा प्रदायकहरुले  सुपथ मूल्य र कम स्पीडका इन्टरनेट...

पूर्वाञ्चल ल्युब आयलको साधारणसभा सम्पन्न, बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

पी. एल. ओ. ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको...