९२२ स्टार्टअपले पाए १ अर्ब ५ करोड सहुलियत ऋण

spot_img
spot_img

स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा ९२२ जनाले सहुलियतपूर्ण कर्जा पाएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ९२२ जना स्टार्टअप उद्यमीलाई १ अर्ब ५ करोड ७९ लाख रुपैयाँ कर्जा प्रदान गरेको हो ।

आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रतिष्ठानले स्टार्टअप उद्यम कार्यक्रमका लागि १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

प्रतिष्ठानले आह्वान गरेको प्रस्तावमा देशभरबाट १० हजार २४४ वटा परियोजना प्रस्ताव दर्ता भएका थिए । प्रतिष्ठानले २०८२ कात्तिक १९ गतेदेखि मंसिर ९ गतेसम्म २१ दिनको समय दिएर परियोजना प्रस्ताव आह्वान गरेको थियो ।

प्रस्तावहरुको प्राविधिक मूल्यांकनपछि प्रतिष्ठानले २०८२ वैशाख १६ गते १ हजार २९८ वटा परियोजनाको प्रारम्भिक सूची निकालेको थियो ।

त्यसपछि प्रारम्भिक सूचीमा परेका स्टार्टअप उद्यमीबाट परियोजनाको प्रस्तुतिकरण पश्चात ९६६ वटा परियोजना कर्जा प्रवाहका लागि सिफारिस भएका थिए । प्रतिष्ठानले २०८३ असार १६ गते ती परियोजनाको विवरण राष्ट्रिय वाणिज्य बैंकमा पठाएको थियो ।

बैंकिङ प्रक्रिया पूरा भएपछि ९२२ वटा परियोजनाले स्टार्टअप उद्यम कर्जा प्राप्त गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...