आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५० हजार २ सय ६० रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ६४ रुपैयाँ तोकिएको छ ।









