spot_img

गोल्याण फाउण्डेशनको पहल: बाल दिवसमा रमाए जेनजी सहिदका सन्तान र बाढी प्रभावित बालबालिका

spot_img

पीडाको प्रकृति फरक, तर चोट एउटै । कोही एक वर्षअघिको जेनजी आन्दोलनमा अभिभावक गुमाएका थिए भने कोहिचाहिँ यही भदौ १० को भोटेकोशी–त्रिशुली बाढीको प्रकोपबाट घरबार र आफन्त गुमाएका । तर बालबालिकाको लागि यी पीडाका बीच पनि खेल्नु, रमाउनु, मनोरन्जन गर्नु बालअधिकारको अनिवार्य अन्तरवस्तु थियो ।

यसैलाई मनन् गर्दै गोल्याण ग्रुपको सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनले त्रिशुली नदी किनारमा राष्ट्रिय बाल दिवस कार्यक्रम आयोजना ग¥यो, जहाँ बाढी प्रभावित बालबालिका र जेनजी सहिदका सन्तानहरु एकै थलोमा बसेर रमाए । एकअर्काबीच चिनजान गरे, मित्रता गाँसे । अनि, बाल दिवस मनाए ।

यो कार्यक्रम कसरी जु¥यो त ? गोल्याण फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेका अनुसार फाउण्डेशनले दुबैथरि बालबालिकाको लागि काम गर्ने सन्दर्भमा बाल दिवसको सन्दर्भ जुरेको हो । एक वर्षदेखि जेनजी सहिदका सन्तानलाई पढाइरहेको फाउण्डेशनले भरखरै बाढीले प्रभावित बनेका बालबालिकालाई पनि विदुर नगरपालिका–५ को चन्द्रज्योति मावि होल्डिङ सेन्टरमा भोजनका साथै बालमनोसामाजिक परामर्श, खेल तथा शैक्षिक सामग्री प्रदान गरिरहेको छ । ‘यही अवस्थामा हामीले बालबालिकालाई एकै ठाउँमा राखेर बाल दिवस मनाउनुपर्छ भनेर विदुरमा यो कार्यक्रम आयोजना गरिएको हो,’ गैह्रेले भनिन् ।

यसको लागि गोल्याण फाउण्डेशनले काठमाडौंमा अध्ययनरत १५ जना सहिदका बालबालिका र उनीहरुका अभिभावकलाई विदुर लग्यो । विदुरको चन्द्रज्योति मावि होल्डिङ सेन्टरमा करिब ६० जना बालबालिका थिए । कार्यक्रम आयोजनाको प्रमुख उद्देश्य बाल दिवसको अवसरमा बालबालिकालाई एकआपसमा भेटघाट गराउने र रमाइलो वातावरणमा दिवस मनाउने थियो । भयो पनि त्यसै । फेस पेन्टिङ गर्नेदेखि बालमनोरन्जनात्मक विभिन्न खेलहरु भए, जसले बालमष्तिस्कमा मनोरमता थपिदियो । फरक भूगोल र फरक परिवेशका बालबालिकाबीच क्षणभरमै गहिरो चिनजानमात्र भएन, उनीहरुबीच मित्रताको साइनो पनि जोडियो । यसले भविष्यमा उनीहरुलाई सँगसँगै डो¥याउनेछ । कार्यक्रममा बालबालिका र उनीहरुका अभिभावकसमेत गरी करिक १२० जना सहभागी थिए ।

‘फरक–फरक मनोसामाजिक समस्याबाट प्रभावित भएका बालबालिकाहरुलाई एकै थलोमा भेला गरेर बालअधिकार दिवस मनाउने कामले निकै राम्रो प्रभाव छोडेको छ,’ बाढीप्रभावित समेत रहेका विदुर नगरपालिका वडा नं. ५ का वडा सदस्य विनोद चित्रकारले भने, ‘गोल्याण फाउण्डेशनको यो कार्यले बालबालिकालाई खुसी प्रदान गर्र्नु सबैको दायित्व हो भन्ने सन्देश दिएको छ ।’

सहिद परिवारका सदस्य पार्वती अधिकारीले कार्यक्रमले बालबालिकाको मुहारमा खुसी थपेको बताइन् । ‘एक वर्षदेखि साथी बनेका हाम्रा (सहिद) का बालबच्चाहरुले त्यहाँ गएर नयाँ साथीहरु बनाए, हामीलाई पनि बाढीप्रभावितको पीडा बुझ्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘ यसबाट जीवनमा दुःख, पीडा जेजस्तो आइलागे पनि सहनुपर्छ भन्ने शक्ति मिलेको छ ।’

गोल्याण फाण्डेशनकी सीईओ गैह्रेले अवोध अवस्थामै धेरै थोक गुमाएका बालबालिकाको मुहारमा मुस्कान फर्काउनु आफूहरुको उद्देश्य रहेको बताइन् । ‘फाउण्डेशनले एक वर्षदेखि सहिदका सन्तानको शिक्षाको अधिकार मजबुत बनाइहेको छ, पछिल्लो समय बाढी प्रभावितको लागि होल्डिङ सेन्टरमा भोजन र व्यवस्थापकीय काम गरिरहेको छ,’ उनले भनिन्, ‘त्योभन्दा ठूलो कुरा हामीले बालबालिकाको बालसुलभ निर्दोषपन जोगाउन र उनीहरुको खुसी हुने अधिकारको सम्मान गर्न सकेका छौं ।’ बालबालिकाको हाँस्न पाउने, असीमित सपना देख्न पाउने र बाल्यकालको उपहारको आनन्द लिने पाउने वातावरण सुनिश्चित गर्न कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

गोल्याण फाउण्डेशनले जेनजी सहिदका ३१ बालबालिकालाई कक्षा १२ सम्मको शैक्षिकवृत्ति प्रदान गरी पढाइरहेको छ । उनीहरुलाई मासिक ४० हजारको दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्मको शैक्षिकवृत्ति प्रदान गरिएको छ । 
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीका घाइतेलाई सहयोग गर्ने उदेश्यले प्रभु बैंकद्वारा रक्तदान कार्यक्रम सञ्चालन

भोटेकोशी बाढी तथा अन्य प्राकृतिक प्रकोपमा परेर घाइते भएकाहरुलाई...

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा...

सुनचाँदीको भाउ घट्यो

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

अब बैंकहरुले Technology Risk र Climate Risk पनि हेर्नुपर्ने, ब्याजदर जोखिममा पनि नयाँ ढाँचा

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापनलाई...

एटिएमबाट सय रुपैयाँको नोट पनि निकाल्न सकिने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले एटिएम मसिनबाट एक सय रुपैयाँको नोट...

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....