ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

spot_img

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लालबहादुर मोक्तान (एल.बी.) को नेतृत्वमा १५ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामशरण हुँमागाईं र अनिल श्रेष्ठ, सचिवमा रामजी तिमिल्सिना, उपसचिवमा सबिना घिमिरे र रोशन बस्नेत तथा कोषाध्यक्षमा प्रेम शेर्पा चयन भएका छन् ।

सदस्यहरूमा राजेन्द्र कार्की, आशिष भट्टराई, खिलेन्द्र कार्की, गौरी तामाङ, सुवास खत्री र चुडामणि दाहाल चयन भएका छन् ।

लक्ष्मण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओम्स नेपालका केन्द्रीय महासचिव नवराज भुर्तेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा प्रमुख अतिथि भुर्तेलले संस्थालाई थप मजबुत र प्रभावकारी बनाएर अघि बढाउनु सबैको दायित्व भएको बताएका छन् । संगठनको उद्देश्य प्राप्तिका लागि सबैको एकता, सहकार्य र सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ ।

विशिष्ट अतिथि जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले ओम्स नेपाल कुनै राजनीतिक संस्था नभई विशुद्ध रूपमा श्रमिकहरूको हकहितका लागि स्थापित संस्था भएको बताए । श्रमिकहरूको अधिकार र पेशागत सुरक्षाका लागि संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

त्यस्तै, अतिथि तथा नाम्सका पूर्व महासचिव कुमार तिमिल्सिनाले श्रमिकहरूको संस्था भएकाले सबै जना एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । संगठनलाई बलियो बनाउन आपसी एकता र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

अधिवेशनसँगै ओम्स नेपालको चौथो स्थापना दिवससमेत मनाइएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...