बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लालबहादुर मोक्तान (एल.बी.) को नेतृत्वमा १५ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामशरण हुँमागाईं र अनिल श्रेष्ठ, सचिवमा रामजी तिमिल्सिना, उपसचिवमा सबिना घिमिरे र रोशन बस्नेत तथा कोषाध्यक्षमा प्रेम शेर्पा चयन भएका छन् ।
सदस्यहरूमा राजेन्द्र कार्की, आशिष भट्टराई, खिलेन्द्र कार्की, गौरी तामाङ, सुवास खत्री र चुडामणि दाहाल चयन भएका छन् ।
लक्ष्मण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओम्स नेपालका केन्द्रीय महासचिव नवराज भुर्तेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा प्रमुख अतिथि भुर्तेलले संस्थालाई थप मजबुत र प्रभावकारी बनाएर अघि बढाउनु सबैको दायित्व भएको बताएका छन् । संगठनको उद्देश्य प्राप्तिका लागि सबैको एकता, सहकार्य र सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ ।
विशिष्ट अतिथि जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले ओम्स नेपाल कुनै राजनीतिक संस्था नभई विशुद्ध रूपमा श्रमिकहरूको हकहितका लागि स्थापित संस्था भएको बताए । श्रमिकहरूको अधिकार र पेशागत सुरक्षाका लागि संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
त्यस्तै, अतिथि तथा नाम्सका पूर्व महासचिव कुमार तिमिल्सिनाले श्रमिकहरूको संस्था भएकाले सबै जना एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । संगठनलाई बलियो बनाउन आपसी एकता र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
अधिवेशनसँगै ओम्स नेपालको चौथो स्थापना दिवससमेत मनाइएको थियो ।









