ग्यास अभावले बन्द हुन थाले होटल, रेष्टुरेन्ट र पार्टी प्यालेस

spot_img

एलपी ग्यासको अभाव चुलिएपछि स्वरोजगार मूलक होटल तथा खाजा घरसहित साना रेष्टुरेन्टहरु मर्कामा परेका छन् । ग्यास नपाउँदा कतिपय होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसहरु बन्द भैसकेको र अरु पनि बन्द हुने जोखिम बढिरहेको व्यवसायीहरुले बताएका छन् ।

होटल महासंघका निवर्तमान अध्यक्ष दिनेश चुकेका अनुसार काठमाडौँभित्र र काठमाडौँ नजिकका चलिरहेका रेष्टुरेन्ट पनि ५० प्रतिशत अकुपेन्सीमा चल्न बाध्य रहेको र कतिपय त बन्दसमेत भइसकेका छन् । ‘स्वरोजगारमूलक होटल तथा खाजा घरहरु बन्द भएका खबर आएका छन्, केही रेष्टुरेन्ट नै बन्द भए भन्ने समाचारहरु आइरहेका छन्’ उनले भने, ‘तीजको मुखैमा पार्टी प्यालेस र रेष्टुरेन्टहरु बन्द हुने र क्षमताको ५० प्रतिशत मात्रै अकुपेन्सीमा चल्नुपर्ने बाध्यता आइपरेको छ । यो व्यवसायीहरुका लागि निकै चुनौतिको समय हो ।’

‘स्टकलाई लिएर अनावश्यक प्रचारबाजी भयो’ 

होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले केही दिनलाई पुग्ने स्टक राखेकै आधारमा आफूहरुमाथि अनावश्यक लान्छना लगाउने काम भएको र त्यसलाई अस्वभाविक रुपमा प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । फास्ड फूड एसोसियशन नेपाल (फास्ट फ्यान)का महासचिव राकेश श्रेष्ठका अनुसार मध्यम खालको रेष्टुरेन्टमा दिनको ३ वटा ग्यास खपत हुने भएकाले एउटा रेष्टुरेन्टले १० दिनका लागि पुग्ने स्टक राखेकै आधारमा कारबाही गरिने र त्यसलाई सरकारले ठूलो सफलताका रुपमा प्रस्तुत गर्ने परिपाटीले पनि व्यवसायीहरुलाई हतोत्साही बनाएको छ ।

‘रेष्टुरेन्टहरुमा छापा हानेको, ४०/५० वटा ग्यास सिलिण्डर जफत गरेको जस्ता कुराहरु आइरहेका छन्, जबकी एउटा सामान्य खालको रेष्टुरेन्टमा पनि दिनमा २ देखि ३ वटा ग्यास खपत हुन्छ’ उनले भने, ‘पार्टी भएको दिनमा त झन एकैदिनमा १०/१५ वटा सिलिण्डर पनि खपत हुन्छ । तीजको मुखमा पार्टी प्यालेसमा ५०/६० वटा र स्टार होटलहरुमा १००/१५० वटा सिलिण्डर स्टक हुनु सामान्य हो ।’

होटल महासंघका निवर्तमान अध्यक्ष चुकेले पनि होटल तथा पार्टी प्यालेसमा राखिएका ५०/६० वटा स्टक ग्यासलाई अस्वभाविक भन्दै प्रचार गरिएकोमा आपत्ति जनाएका छन् । एउटा चल्तीको होटल तथा रेष्टुरेन्टमा ५०/६० सिलिण्डर ग्यास स्टक हुनु सामान्य भएको उनको भनाइ छ ।

‘आफैँले ल्याउँदा प्रतिसिलिण्डर ३००० नाघ्यो’

सरकारले काठमाडौँ उपत्यकामा सम्बन्धित उद्योगहरुले ढुवानी गरेर ल्याउने ग्यासमा घरायसी उपभोक्तालाई प्राथमिकता दिने भन्दै व्यवसायीहरुलाई हेटौँडा, चितवन र तराईका ग्यास उद्योगबाट आफैँ ग्यास ढुवानी गरेर ल्याउन भनेको छ । व्यवसायीहरु आफैँ खाली सिलिण्डर लिएर हेटौँडा, चितवन र बर्दिबाससम्म पुगेका छन् । तर, यसो गर्दा प्रतिसिलिण्डर लागत नै ३ हजार रुपैयाँ नाघेको व्यवसायीहरु बताउँछन् ।

फास्ट फ्यानका महासचिव श्रेष्ठका अनुसार उनीहरुले केही दिन अगाडि हेटौँडा पुगेर ३ सय सिलिण्डर ग्यास ल्याएका थिए । यसरी ल्याउँदा भाडा मात्रै ८० हजार रुपैयाँ परेको उनको भनाइ छ । ‘एक सिलिण्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ छ, व्यवसायी आफैँले काठमाडौँ ल्याएर बेच्दा २१ सय ६५ रुपैयाँ भनिएको छ । तर, हामीले हेटौँडामै २१ सय ६५ रुपैयाँ तिर्नुप¥यो’ उनले भने, ‘त्यसपछि भाडा ८० हजार लाग्यो । यताबाट जाँदा खाली सिलिण्डर जम्मा गर्दाको खर्च, लोड–अनलोड खर्च, यहाँ ल्याएर सम्बन्धित होटल होटलमा पु¥याउने खर्च जोड्दा एउटा सिलिण्डरकै लागत ३ हजार नाघ्यो ।’

यसकारण पहुँच नहुने र खाली सिलिण्डर जम्मा गरेर पठाउन नसक्ने स्वरोजगार मूलक व्यवसायीहरु अहिले सबैभन्दा बढी पीडामा रहेको उनको भनाइ छ । ‘कतिपय त बन्दै भइसके, कतिपय चाहिँ बन्द हुने दिन कुर्दै जेनतेन चलिरहेका छन्’ श्रेष्ठले थपे, ‘डीपोबाटै दामाशाहीले वितरण हुने हो भने कम्तीमा होटल तथा रेष्टुरेन्टहरु बन्द हुनु पर्दैनथ्यो । तर, वितरण प्रणाली प्रभावकारी भइरहेको छैन ।’

मंगलबारबाट सहज हुने अपेक्षा छः निगम

आयल निगमले भने ग्यासको आपुर्तिमा देखिएको अहिलेको समस्या कृष्णभीरको पहिरोका कारण सिर्जना भएको बताउँदै अबको एक दुइ दिनमा पृथ्वी राजमार्ग सञ्चालनमा आउने अपेक्षा रहेको बताएको छ । त्यसपछि ग्यास बुलेटहरु काठमाडौँ र काठमाडौँ नजिकका रिफिलिङ उद्योगसम्म आउने भएकाले आपुर्तिमा देखिएको समस्या समाधान हुने निगमको विश्वास छ ।

‘अहिलेको समस्या कृष्णभीरको पहिरोका कारण नै सिर्जना भएको हो, हामीले चितवन र धादिङ प्रशासनसँग बुझ्दा सोमबार वा मंगलबारसम्ममा कृष्णभीरमा खोलिएको नयाँ ट्रयाक सञ्चालनमा आउने जानकारी पाएका छौँ’ निगम स्रोतले भन्यो, ‘त्यसपछि ग्यासको आपुर्तिमा देखिएको समस्या समाधान हुन्छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...