आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख २ हजार २ सय कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय ६१ रुपैयाँ तोकिएको छ ।









