spot_img

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

spot_img

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध गराउने भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्न ४ सदस्यसम्मको परिवारलाई मासिक रु. १५,००० र थप प्रत्येक सदस्यका लागि रु. २,००० अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको हो।

सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा, सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको छ। उनका अनुसार यस सम्बन्धमा आवश्यक विवरण संकलनका लागि सबै सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको छ। साथै सरकारले प्रारम्भिक क्षति तथा नोक्सानी मूल्याङ्कन सम्पन्न गरिसकेको छ भने विस्तृत आवश्यकता मूल्याङ्कन (PDNA) प्रक्रिया जारी छ।

त्यसका आधारमा आवश्यक स्रोत सुनिश्चित गरी पुनर्निर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रताका साथ अघि बढाइने उनले बताएका छन्। रसुवा, नुवाकोट तथा बाढीबाट प्रभावित सबै क्षेत्रमा नागरिकको सुरक्षित पुनर्स्थापना, पूर्वाधार पुनर्निर्माण र जीवनयापनको पुनःस्थापनाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको मन्त्री तिमल्सिनाको भनाई छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

ग्यास अभावले बन्द हुन थाले होटल, रेष्टुरेन्ट र पार्टी प्यालेस

एलपी ग्यासको अभाव चुलिएपछि स्वरोजगार मूलक होटल तथा खाजा...

एमसीसी परियोजना : सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न

एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास...

सिटिजन्स क्यापिटलको साधारणसभा आह्वान, १३ प्रतिशत लाभांश प्रस्ताव

सिटिजन्स क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज...

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा

सिटिजन्स क्यापिटलले संचालन गरेको सिटिजन्स सुपर ३० म्युचुअल फण्डले...

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई घरमै स्वास्थ्य...