एमसीसी परियोजना : सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न

spot_img

एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न गरेको छ। सम्पन्न यस कार्यबाट विद्युत् सञ्जाल सुदृढीकरण र सीमापार विद्युत् सञ्जाल विस्तारका लागि नेपालको प्रयासका सन्दर्भमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट भएको अनुरोध बमोजिम एमसिए–नेपालले विद्युुत् प्रसारण लाइनको यस १८ किमि खण्डको निर्माण कार्यलाई तीव्रता प्रदान गरेको थियो र निर्धारित समयसीमाभित्रै उक्त कार्य सम्पन्न गरेको छ।

प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित न्यू बुटवल सबस्टेसनमा आज आयोजित समारोहमा बोल्दै अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपालको सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले यस उपलब्धिको महत्वमाथि प्रकाश पार्दै नेपाल, संयुक्त राज्य अमेरिका र एमसीसीबीचको साझेदारीप्रति कृतज्ञता व्यक्त गरे।

उनले भने, “नेपालको विकासप्रतिको दीर्घकालीन प्रतिबद्धता तथा एमसीसी नेपाल कम्प्याक्टमार्फत उपलब्ध गराइएको सहयोगका लागि म अमेरिकी सरकारप्रति नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यस प्रसारण लाइनको निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधारको सुदृढीकरण र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि एक महत्वपूर्ण उपलब्धि हो। हामी यस उपलब्धिप्रति गर्व गर्छौँ र नेपालको विकासका लागि भएको यस साझेदारीबाट प्राप्त हुने लाभहरूका लागि हामी बाटो हेर्दैछौँ।”

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव सुनिल पौडेलले यस निर्माण सम्पन्नताबाट नेपालले आफ्नो विद्युतीय पूर्वाधार सुदृढ गर्न र सीमापार विद्युत् सम्पर्क विस्तार गर्न हासिल गरिरहेको प्रगति प्रतिविम्बित भएको बताए ।

उनले भने, “नेपालले आफ्नो विद्युत् उत्पादन तथा प्रसारण क्षमतालाई निरन्तर सशक्त बनाउँदै लगेको छ र यससन्दर्भमा सीमापार विद्युत् सम्पर्क यस प्रयासको एक अभिन्न अङ्ग हो। यस प्रसारण लाइनको नेपालतर्फको खण्ड सम्पन्न भएबाट सरकार, कार्यान्वयन गर्ने निकायहरू, विकास साझेदारहरू र स्थानीय समुदायबीचको बलियो समन्वयबाट के–कस्ता उपलब्धि हासिल गर्न सकिन्छ भन्ने स्पष्ट पारेको छ। निर्धारित कार्यतालिका अनुरूप यो काम सम्पन्न गर्न एमसिए–नेपालले गरेको प्रयास सराहनीय छ र हामी यस पूर्वाधारलाई सञ्चालनमा ल्याउनका लागि चालिने आगामी कदमको प्रतीक्षामा छौँ।”

नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यस उपलब्धिका लागि एमसिए–नेपाललाई बधाई ज्ञापन गर्दै भने , “यस प्रसारण लाइनको निर्माण नेपालको ऊर्जा क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि हो। नेपाल सरकारको अनुरोधलाई सम्बोधन गर्दै समयसीमाभित्रै निर्माण कार्य पूरा गर्नका लागि एमसिए–नेपालले गरेको प्रयासको हामी सराहना गर्छौँ । यस उपलब्धिले नेपाल र भारतबीचको सुदृढ विद्युत् सञ्जालबाट प्राप्त हुने बृहत् लाभ हासिल गर्ने दिशामा हामी एक कदम अगाडि बढेका छौँ।”

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो उपलब्धिले नेपाल सरकारका प्राथमिकताहरू पूरा गर्नेसन्दर्भमा एमसिए–नेपालको प्रतिबद्धतालाई उजागर गरेको बताए ।

“सीमापार प्रसारण लाइनको यस १८ किलोमिटर लामो यस महत्वपूर्ण खण्डको निर्माण कार्य सम्पन्न गर्न सफल भएकोमा हामीलाई गर्व लागेको छ। नेपाल सरकारले यस निर्माण कार्यलाई तीव्रता दिन गरेको आग्रह अनुसार एमसिए–नेपालले छोटो समयसीमाभित्रै निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी तथा साझेदारहरूलाई एकीकृत गरी निर्माण कार्य अगाडि बढाएको थियो”, उनले भने, “अब हामी यस लाइनमा विद्युत् प्रवाह गरी अन्ततोगत्वा नेपाल र भारत एवं बृहत्तर क्षेत्रबीच विद्युत् सञ्जाल र ऊर्जा सहकार्य सुदृढ पार्ने दिशामा बाँकी कार्य सम्पन्न भएको हेर्ने प्रतीक्षामा छौँ ।”

कार्यक्रम समापन गर्दै एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण लाइनको नेपालतर्फको खण्ड सफलतापूर्वक सम्पन्न गर्न योगदान दिनुहुनेहरूप्रति आभार व्यक्त गरिन्।

उनले भनिन्, “यस निर्माण कार्य सम्पन्न भएको खुशियाली मनाउँदै गर्दा म नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण, एमसिए–नेपालको सञ्चालक समिति तथा टोली, निर्माण व्यवसायी तथा परामर्शदाताहरू, स्थानीय सरकारहरू र सबैभन्दा महत्वपूर्ण समूहका रूपमा आयोजना कार्यान्वयन अवधिभर सहयोग गर्नुका साथै सहभागिता जनाउने स्थानीय समुदायहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । साझा लक्ष्य प्राप्तिका लागि एकजुट भएर काम गर्दा कस्तो परिणाम हासिल गर्न सकिन्छ भन्ने कुराको यो उपलब्धि एक ज्वलन्त उदाहरण हो।”

नेपालतर्फको १८ किमि प्रसारण लाइन खण्ड पूरा भएबाट सीमापार प्रसारण लाइन अन्तर्गत एमसिए–नेपालबाट हुनुपर्ने निर्माण कार्य सम्पन्न भएको छ। अब यो प्रसारण लाइनमा विद्युत् प्रवाह गरी यसलाई सञ्चालनमा ल्याउनुपूर्व नेपाल–भारत सीमापार विद्युत् प्रवाह गर्न आवश्यक कार्य एवं स्वीकृति प्राप्ति लगायतका बाँकी कामलाई अगाडि बढाइनेछ।

यो १८ किलोमिटर खण्ड एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाको एक अंश हो । यस आयोजना अन्तर्गत ३१५ किलोमिटर लामो उच्च–भोल्टेजयुक्त प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माणका साथै विद्युत् नियमन आयोग र नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेका छन्। नेपालमा विद्युत्को उपलब्धता र विश्वसनीयतामा सुधार ल्याउनुका साथै ऊर्जा सुरक्षा, भावी विद्युत् उत्पादन र सीमापार विद्युत् व्यापारलाई टेवा पु¥याउन आवश्यक प्रसारण सञ्जाललाई सुदृढ बनाउने उद्देश्यले यो आयोजना तयार पारिएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...