spot_img

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

spot_img

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले लाभांश सम्बन्धि निर्णय सार्वजनिक गरेका छन् । आज अरुण भ्याली हाइड्रो पावर, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र नेपाल ल्युब ओइलले लाभांश सम्बन्धि निर्णय सार्वजनिक गरेका हुन् ।

जस अनुसार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को लागि ५ प्रतिशतबोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले असोज २७ गते साधारणसभा बोलाएको छ भने असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

नेपाल ल्युब ओइल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को लागि १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६.०५२६४ प्रतिशत नगद गरि कुल २१.०५२६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले असोज १९ गते साधारणसभा बोलाएको छ भने असोज ५ देखि असोज १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को लागि ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६४ प्रतिशत नगद गरि कुल १०.५२६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड रहेको छ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीका घाइतेलाई सहयोग गर्ने उदेश्यले प्रभु बैंकद्वारा रक्तदान कार्यक्रम सञ्चालन

भोटेकोशी बाढी तथा अन्य प्राकृतिक प्रकोपमा परेर घाइते भएकाहरुलाई...

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा...

सुनचाँदीको भाउ घट्यो

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

अब बैंकहरुले Technology Risk र Climate Risk पनि हेर्नुपर्ने, ब्याजदर जोखिममा पनि नयाँ ढाँचा

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापनलाई...

एटिएमबाट सय रुपैयाँको नोट पनि निकाल्न सकिने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले एटिएम मसिनबाट एक सय रुपैयाँको नोट...