आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

spot_img

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले लाभांश सम्बन्धि निर्णय सार्वजनिक गरेका छन् । आज अरुण भ्याली हाइड्रो पावर, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र नेपाल ल्युब ओइलले लाभांश सम्बन्धि निर्णय सार्वजनिक गरेका हुन् ।

जस अनुसार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को लागि ५ प्रतिशतबोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले असोज २७ गते साधारणसभा बोलाएको छ भने असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

नेपाल ल्युब ओइल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को लागि १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६.०५२६४ प्रतिशत नगद गरि कुल २१.०५२६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले असोज १९ गते साधारणसभा बोलाएको छ भने असोज ५ देखि असोज १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को लागि ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६४ प्रतिशत नगद गरि कुल १०.५२६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड रहेको छ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...