नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर “Hyundai Festive Drive २०८३” घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
यस अफरअन्तर्गत ग्राहकहरूले ३ लाखसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, स्क्र्याच कार्डमार्फत ५ लाखसम्मको नगद छुट जित्ने अवसर समेत पाउनेछन् । यसका साथै, ह्युन्डाईले गाडी खरिदमा १ वर्षको निःशुल्क Auto Plus Insurance र १ वर्षको निःशुल्क Road Tax पनि उपलब्ध गराएको छ ।
हरेक ह्युन्डाई गाडीमा ३ वर्षको warranty र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई थप मूल्य, सुविधा र सहजतासहितको ह्युन्डाई स्वामित्व अनुभव प्रदान गर्दछ । यस दशैं–तिहार तथा छठको अवसरमा, ह्युन्डाई नेपालले भदौ २३ देखि सबै ग्राहकहरूलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर “Hyundai Festive Drive 2083” का आकर्षक अफर तथा सुविधाहरूको लाभ उठाउन अनुरोध गरेको छ ।










