राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा

spot_img

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ । भदौ २२ गते सोमबारदेखि कार्यालय समयका अतिरिक्त थप एक घण्टाको लागि सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

सन्ध्याकालीन काउण्टरमा चेक भुक्तानी, नगद जम्मा लगायतका सिमित बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।

बैंकको सिंहदरबारप्लाजास्थित कर्पोरेट शाखा मार्फत सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले बेलुका ५ बजेदेखि ६ बजेसम्म सिमित बैंकिङ्ग सेवा लिन सक्नेछन् । यो सुविधासँगै ग्राहकले नियमित कार्यालय समयमा सम्पन्न गर्न नसकेका अत्यावश्यकीय कारोबारलाई सम्पन्न गर्न सघाउ पुग्ने बैंकको अपेक्षा छ ।

२०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालय र ३३८ एटिएम टर्मिनलमार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...