बाढीका घाइतेलाई सहयोग गर्ने उदेश्यले प्रभु बैंकद्वारा रक्तदान कार्यक्रम सञ्चालन

spot_img

भोटेकोशी बाढी तथा अन्य प्राकृतिक प्रकोपमा परेर घाइते भएकाहरुलाई सहयोग गर्ने उदेश्यले प्रभु बैंकले देशब्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले भदौ ३० गते नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

यस क्रममा बागमती प्रदेशमा केन्द्रिय कार्यालय बबरमहल र चितवनको नारायणगढ शाखा, कोशी प्रदेशमा विराटनगर शाखा, मधेस प्रदेशमा सिमरा शाखा, गण्डकी प्रदेशमा पोखराको अमरसिंहचोक शाखा, लुम्बिनी प्रदेशमा बुटबल शाखा, कर्णाली प्रदेशमा सुर्खेत शाखा तथा सुदुर–पश्चिम प्रदेशमा धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । उक्त रक्तदान कार्यक्रममा सातै प्रदेशमा सहभागीहरुबाट ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

यस अघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ११ लाख ११ हजार १११ सय साथै प्रभु बैंकका संचालक तथा कर्मचारीहरुबाट स्वेच्छिक रुपमा संकलन भएको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे थियो ।

त्यसै गरी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोग स्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग समेत जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...