आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५७ हजार २ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय ४४ रुपैयाँ तोकिएको छ ।









