एटिएमबाट सय रुपैयाँको नोट पनि निकाल्न सकिने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

spot_img

नेपाल राष्ट्र बैंकले एटिएम मसिनबाट एक सय रुपैयाँको नोट पनि निकाल्न सकिने व्यवस्था गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

हाल बैंक तथा वित्तीय संस्थाहरुले ATM Machine हरुबाट रु. १,०००/- र रु.५०० दरका नोटहरु मात्र वितरण गर्दै आईरहेका छन् । ग्राहक वर्गहरुबाट रु. १०० दरका नोटहरु पनि ATM Machine बाट वितरण गर्नुपर्ने माग बेला-बेलामा आउने गरेको र नजिकिंदै गरेको महान् चाँड बडादशैँको उपलक्ष्यमा रु.१००।- दरका नोटहरु पनि ATM Machine वाट वितरण गर्न सकिएमा बैंक तथा वित्तीय संस्थाहरुमा पनि साना दरका नोट साट्ने ग्राहकहरुको भीड उल्लेख्य रुपमा कम हुने आँकलन गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले केही बैंकहरुसँग मौखिक जानकारी लिँदा प्राविधिक रुपमा सो व्यवस्था गर्न सकिने समेत जानकारी प्राप्त भएको पनि जनाएको छ । राष्ट्र बैंकले आम सर्वसाधारण ग्राहकहरुको सुविधा एवं चाडपर्वको समयमा बैंकहरुमा हुने भीड व्यवस्थापनलाई ध्यानमा राखी ATM Machine बाट रु १००/- दरका नोटहरु पनि वितरण गर्ने व्यवस्था मिलाई सहयोग गरिदिन बैंकर्स संघलाई पत्राचार गरेको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...