spot_img

एटिएमबाट सय रुपैयाँको नोट पनि निकाल्न सकिने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

spot_img

नेपाल राष्ट्र बैंकले एटिएम मसिनबाट एक सय रुपैयाँको नोट पनि निकाल्न सकिने व्यवस्था गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

हाल बैंक तथा वित्तीय संस्थाहरुले ATM Machine हरुबाट रु. १,०००/- र रु.५०० दरका नोटहरु मात्र वितरण गर्दै आईरहेका छन् । ग्राहक वर्गहरुबाट रु. १०० दरका नोटहरु पनि ATM Machine बाट वितरण गर्नुपर्ने माग बेला-बेलामा आउने गरेको र नजिकिंदै गरेको महान् चाँड बडादशैँको उपलक्ष्यमा रु.१००।- दरका नोटहरु पनि ATM Machine वाट वितरण गर्न सकिएमा बैंक तथा वित्तीय संस्थाहरुमा पनि साना दरका नोट साट्ने ग्राहकहरुको भीड उल्लेख्य रुपमा कम हुने आँकलन गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले केही बैंकहरुसँग मौखिक जानकारी लिँदा प्राविधिक रुपमा सो व्यवस्था गर्न सकिने समेत जानकारी प्राप्त भएको पनि जनाएको छ । राष्ट्र बैंकले आम सर्वसाधारण ग्राहकहरुको सुविधा एवं चाडपर्वको समयमा बैंकहरुमा हुने भीड व्यवस्थापनलाई ध्यानमा राखी ATM Machine बाट रु १००/- दरका नोटहरु पनि वितरण गर्ने व्यवस्था मिलाई सहयोग गरिदिन बैंकर्स संघलाई पत्राचार गरेको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीका घाइतेलाई सहयोग गर्ने उदेश्यले प्रभु बैंकद्वारा रक्तदान कार्यक्रम सञ्चालन

भोटेकोशी बाढी तथा अन्य प्राकृतिक प्रकोपमा परेर घाइते भएकाहरुलाई...

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा...

सुनचाँदीको भाउ घट्यो

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

अब बैंकहरुले Technology Risk र Climate Risk पनि हेर्नुपर्ने, ब्याजदर जोखिममा पनि नयाँ ढाँचा

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापनलाई...

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....