Monday, July 14, 2025

शहरीया जनजीवनको अङ्ग बनेको ‘राइड सेयरिङ’, ९ वर्षदेखि सधैँ अपहेलित

spot_img
spot_img

यातायात व्यवसायीहरुले गण्डकी प्रदेशको राइड सेयरिङ नियमावलीको विरोधमा देशब्यापी हड्ताल गरे । जेठ १९ गतेदेखि यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा सार्वजनिक यातायात ठप्प पारेपछि सरकार सहमति गर्न बाध्य मात्रै भएन, प्रदेश सरकारको स्वायत्ततामाथि नै हस्तक्षेप गर्दै गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली अघि नबढाउन फर्मान (एक खालको निर्देशन) जारी ग¥यो । जुन आदेश मान्दै गण्डकी सरकारले जेठ २१ गतेदेखि एक महिनाका लागि नियमावली स्थगित गरेको छ ।

जबकी, राइड सेयरिङ सेवा अहिले काठमाडौँबाहिर पोखरा, बुटवल, भैरहवा, चितवन लगायतका शहरमा लोकप्रीय बनिरहेको छ । सेवा प्रदायक र उपभोक्ता दूबैले राइड सेयरिङ सेवालाई नीति बनाएर सहज तुल्याउनुपर्ने बताइरहे पनि यात्रुबाहक यातायात व्यवसायीहरुले जहिल्यै विरोध गर्दै आएका छन् । सरकार उनीहरु सामू निरिह बन्दै आएको छ ।

‘पार्ट टाइम’ काम गर्ने संस्कृतिको विकास

नेपालमा ‘पार्ट टाइम जब’को संस्कृति कमजोर छ । कम्पनीहरुले पार्ट टाइम जागिरमा कर्मचारी राख्ने अभ्यास नहुँदा बिहान ११ बजेसम्म कलेज पढ्ने विद्यार्थीहरु दिनभरी कोठामै थुनिएर बस्नुपर्ने बाध्यता थियो । तर, मोटरसाइकल चलाउने लाइसेन्स भएका युवा युवतीहरुका लागि टुटल, पठाओ जस्ता राइड सेयरिङ प्लेटफर्मले निकै हौसला दिए । उनीहरु आवद्ध भए, काम गर्न थाले ।

बिहान कलेज पढ्ने, दिउँसो पठाओ, टुटल जस्ता सेवामार्फत यात्रुलाई सेवा दिने । यो दिनचर्याले कलेज पढ्दै गरेका युवा पुस्तालाई आम्दानी गर्ने बाटो खुल्यो । यसले युवाहरुलाई आत्मनिर्भर बनाउँदै लाग्यो । पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यात राइड सेयरिङ प्लेटफर्मकै कारण नेपालमा ‘पार्ट टाइम’ काम गर्ने संस्कृतिको विकास भएको बताउँछन् ।

‘सामाजिक रुपमा दुइ वटा मुख्य योगदान राइड सेयरिङले गरेका छन्’ उनी भन्छन्, ‘पहिलोः पार्ट टाइम काम गर्ने कल्चरको सुरुवात भएको छ । दोस्रोः ओभर टाइम काम गर्ने अभ्यास पनि बढेको छ ।’ राती अवेरसम्म काम गर्दा अब सार्वजनिक यातायात पाइँदैन भन्ने त्रास हटेको र जुनसुकै बेला राइड सेयरिङ सेवा उपलब्ध हुन्छ भन्ने ढुक्क भएपछि मान्छेले राती अवेरसम्म पनि अफिसमा काम गर्न सक्ने अवस्था बनेको उनको भनाइ छ ।

यस्तै, श्रम ऐनले साँझ परेपछि महिलालाई ‘ओभर टाइम’ काम गर्न बन्देज लगाएको भएपनि अहिले राइड सेयरिङकै कारण महिलाहरु पनि निर्धक्क भएर ‘ओभर टाइम’ काम गर्न सक्ने भएको बस्न्यातको दाबी छ । साँझ ७ बजेपछि सार्वजनिक बस चल्दैनन्, महिलाहरुलाई अफिसबाट घरसम्म पुग्न असहज हुन्छ भनेर श्रम ऐनमा महिलालाई निश्चित समयपछि काममा लगाउन नपाइने प्रावधान राखिएको भएपनि अहिले क्रमशः त्यो अवस्था हट्दै गएको र यो सुधार हुनुमा राइड सेयरिङकै मुख्य योगदान रहेको बस्न्यातको भनाइ छ ।

लाखौँ रोजगारी सिर्जना

अहिले क्रमशः राइड सेयरिङका नयाँ कम्पनी पनि थपिएका छन् । नेपालमा टुटलबाट सुरु भएको राइड सेयरिङ पठाओ हुँदै इन्ड्राइभ, जुमजुम, गायर, सहारा जस्ता ब्राण्डसम्म आइपुगेको छ ।

मोटरसाइकल मात्रै होइन, ट्याक्सी पनि राइड सेयरिङमा आवद्ध हुने क्रम बढ्दो छ । पठाओ, इन्ड्राइभले ट्याक्सीलाई पनि आवद्ध गराएका छन् । अहिले ट्याक्सीमान्डुसँगको सहकार्यमा याङ्गो नामक कम्पनी पनि भित्रिएको छ । नेपाली कम्पनी इ–ड्राइभले पनि विद्युतीय ट्याक्सीलाई प्रोत्साहन गरिरहेको छ ।

यसबाट सेवामा प्रतिस्पर्धा त थपिएकै छ, सँगै उल्लेख्य मात्रामा रोजगारीसमेत सिर्जना भएको सेवा प्रदायकहरुको दाबी छ । विश्वभरीमा पठाओ ५० लाख डाउनलोड भएको देखिन्छ भने इन्ड्राइभ १० करोड डाउनलोड भएको छ । नेपालमा पनि यीनिहरुका प्रयोगकर्ता हजारौँ छन् ।

नेपालमा मात्रै सञ्चालन हुने टुटल १ लाख डाउनलोड भएको देखिन्छ । ट्याक्सीमान्डु १ लाख र जुमजुम पनि १ लाख डाउनलोड भएको देखिन्छ ।

‘पठाओको कुरा गर्नुहुन्छ भने अहिले प्राइभेट सेक्टरबाट सबैभन्दा बढी रोजगारी सिर्जना गर्नेमा एक नम्बरमा पर्छ’ बस्न्यातले भने, ‘इन हाउस ३ सय जना कर्मचारी हुनुहुन्छ, दुइ पाङ्ग्रे र चार पाङ्ग्रे गरेर हजारौँ राइडरहरु हामीसँग आवद्ध हुनु भएको छ ।’

साथै, पठाओ, इन्ड्राइभ, टुटल जस्ता एप्समार्फत सेवा दिने चालकहरु छ्यासमिस छन् । पठाओ चलाउनेले टुटल पनि चलाएको हुन्छ, टुटल चलाउनेले इन्ड्राइभ पनि चलाएको हुन्छ, इन्ड्राइभ चलाउनेले पठाओ पनि चलाएको हुन्छ । तर, काठमाडौँ उपत्यकाभित्र मात्रै १ लाख २५ हजार राइडर तथा चालकहरु राइड सेयरिङ सेवामा आवद्ध भएको अपरिस्कृत तथ्याङ्क छ ।

यसबाहेक पोखरा, चितवन, बुटवल (लुम्बिनी) लगायतका शहरहरुमा पनि सेवा विस्तार भइरहेको र चालहरु थपिने क्रम बढि रहेकाले राइड सेयरिङ सेवाले २ लाख भन्दा बढी रोजगारी सिर्जना गरेको देखिने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

‘बेरोजगारी दर बढिरहेको अवस्थामा एउटा क्षेत्रले २ लाख जनालाई प्रत्यक्ष रोजगारी दिएको छ, ति दुइ लाख जनाले हरेक दिन केही मात्रामा पैसा कमाइरहेको छन्’ एक जना जानकार भन्छन्, ‘२ लाख जना मान्छेको हातमा दैनिक पैसा पुग्नु भनेको अर्थतन्त्रमा ठूलो योगदान पुग्नु हो ।’

शहरीया जनजीवनको अङ्ग बनेको राइड सेयरिङ सेवा

नेपालमा टुटलले मोटरसाइकल र ट्याक्सीमा राइड सेयरिङ सेवा सुरु गरेको हो । २०७३ सालबाट टुटलले सेवा सुरु गरेपछि यो सेवा लोकप्रीय बन्दै गयो । केही पछि अमेरिकी लगानी भएको बंगलादेशी कम्पनी पठाओ नेपाल भित्रियो । त्यसपछि विभिन्न विदेशी ब्राण्ड तथा स्वदेशी कम्पनी आउने क्रम बढ्न थाल्यो । यस आधारमा एक दशक पनि नभई अहिले राइड सेयरिङ सेवाले शहरीया जीवनशैली नै फेरिदिएको छ ।

इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेलका अनुसार अहिले राइड सेयरिङ सेवा लोकप्रीय हुनुमा उपभोक्ताको रोजाई नै प्रमुख कारण हो । शहर बजारमा मानिसको दैनिकी एकदमै व्यस्त हुने भएकाले मानिसलाई धेरै काम भ्याउनुपर्ने बाध्यता हुन्छ । यसमा राइड सेयरिङ सेवाले अत्यन्तै ठूलो सहयोग गरिरहेको उनको भनाइ छ ।

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यात त झन राइड सेयरिङ सेवा शहरीया जनजीवनको महत्वपूर्ण अङ्ग बनेको बताउँछन् । ‘हामीले एक दिन स्टिम अपग्रेड गर्नका लागि सेवा बन्द गर्दा कोलाहल मच्चिन्छ, यो भनेको शहरीया जनजीवनका लागि राइड सेयरिङ सेवा महत्वपूर्ण अङ्ग बनिसकेको छ भन्ने प्रमाण हो’ उनी भन्छन्, ‘खासगरी मध्यम वर्गका लागि र निम्न वर्गका लागि पनि राइड सेयरिङ सेवा चाहिँ नेसेसरी नै भइसकेको छ ।’

विश्वको सेयर बजारमा छन् यी राइड सेयर कम्पनी

नेपालमा यहीँ जन्मिएका र ब्राण्ड आयात गरिएका राइड सेयरिङ सेवा (अथवा कम्पनी) लोकप्रीय हुँदाहुँदै पनि यस सम्बन्धि नियम वा कानुन बन्न सकेको छैन । बरु, उल्टै सेवा नै रोक्ने सम्मका प्रयास भएका छन् ।

जबकी, २९ फागुन २०७६ मा उच्च अदालत पाटनले राइड सेयरिङ सेवालाई नरोक्न र आवश्यक कानुन बनाएर चल्न दिन परमादेश दिइसकेको छ । सर्वोच्च अदालतले पनि २०८१ पुसमा मापदण्ड बनाएर राइड सेयरिङ सेवा चलाउन आदेश दिएको छ । तर, कानुन बनाउन तदारुकता देखाएको पाइँदैन ।

जबकी, अन्तर्राष्ट्रिय बजारमा सेयर बजारमा समेत सुचिकृत भएका निकै ठूला राइड सेयरिङ कम्पनीहरु छन् । ठूला ७ राइड सेयरिङ कम्पनीको बजार पूँजीकरण मात्रै २३३ बिलियन डलर हाराहारी छ । अमेरिकाको उबर, चीनको दिदि, सिङ्गापूरको ग्रयाब होल्डिङ्स, अमेरिकाकै लेइफ्ट जस्ता राइड सेयरिङ कम्पनीहरु सेयर बजारमा सुचिकृत छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img