Tuesday, September 8, 2026
spot_img

३ प्रतिशत ब्याजमा पाइने ‘स्टार्टअप कर्जा’का लागि १३ सयको आवेदन, कहिले पाउँछन् ऋण ?

spot_img

स्टार्टअप उद्यम कर्जा कार्यक्रम २०८२ का लागि १ हजार ३०१ प्रस्तावको आवेदन परेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालनका लागि आएका प्रस्तावमध्ये १३ सय १ योग्य प्रस्तावको सूची सार्वजनिक गरेको हो ।

प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावहरुले अब थप मूल्याङ्कनका लागी आवश्यक पर्ने सूचनाको ढाँचा भरि २०८३ वैशाख २३ गते बेलुका ५ः०० बजेसम्म 9712006717 मा ह्वाट्स एपमार्फत पठाउनुपर्नेछ ।

प्रतिष्ठानले देशभरीबाट परियोजना प्रस्ताव आह्वान गरेको थियो ।

चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाबापत एक स्टार्टअप उद्यमीले ३ प्रतिशत ब्याजदरमा अधिकतम् २० लाख रुपैयाँसम्म बिना धितो कर्जा पाउनेछन् । यसअघि सरकारले ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा दिँदै आएको थियो ।

चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यविधिअनुसार अधिकतम् सीमा २५ लाखबाट २० लाख कायम गरिएको छ । गतवर्ष स्टार्टअप कर्जाका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षका लागि सरकारले जम्मा ७३ करोड मात्रै छुट्याएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६०० उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ कर्जा प्रदान गरेको थियो । यसवर्ष अब आवेदकहरुलाई आवश्यक प्रक्रिया पूरा गराएर कर्जा वितरण सुरु गरिने प्रतिष्ठानले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि स्टार्टअप कर्जाका लागि आवेदन दिनेहरुको सूचीः

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीबाट निजी क्षेत्रमा भएको क्षतिबारे विश्व बैंकको चासो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व...

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको...

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका...

‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न...

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...