Saturday, July 11, 2026
spot_img

विश्वकपमा एउटै खेल नजिते पनि ३ करोड पुरस्कार लिएर फर्कदै नेपाली टिम

spot_img

नेपाल टि २० क्रिकेट विश्वकपको समुह चरणबाट बाहिरिएको छ । समुह चरणका ४ खेलमा नेपालले १ अंक मात्र बटुल्न सक्यो ।

पहिलो खेलमा नेपालले नेदरल्याण्डसंग ६ विकेटको हार बेहोरेको थियो । श्रीलंकासंग दोस्रो खेल रहेकोमा सो खेल वर्षाको कारण रद्द भएर नेपालले १ अंक पाएको थियो । तेस्रो खेलमा नेपालले साउथ अफ्रीकासंग १ रनको झिनो हार बेहोरेको थियो । अन्तिम खेलमा बंगलादेशसंग २१ रनले पराजित भएपछि नेपाल अंक तालिकामा १ अंक मै सिमित रही समुहको पुछारमा रह्यो। नेपाल रहेको समुह डि बाट ८ अंक बटुलेको साउथ अफ्रीका र ६ अंक बटुलेको बंगलादेश दोस्रो चरणमा प्रवेश गरेका छन् । श्रीलंका, नेदरल्याण्ड र नेपाल बाहिरिए । यी ३ टिमले क्रमश ३, २ र १ अंक बटुलेका थिए ।

यस संगै नेपालले अब सन् २०२६ मा हुने विश्वकपमा सहभागी हुनको लागि क्षेत्रिय विश्वकप छनौट प्रतियोगिता खेल्नु पर्ने भएको छ । समुह चरणबाट बाहिरिए पनि नेपालले २ लाख २५ हजार अमेरिकी डलर पुरस्कार पाउने छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगितामा सहभागी २० देश मध्ये १३ औ देखि २० औ स्थानसम्म रहने टिमलाई समान २ लाख २५ हजार डलर दिने छ । सोहि अनुसार नेपालले २ लाख २५ हजार डलर अर्थात् ३ करोड ५९ हजार ५ सय ५० नेपाली रुपैयाँ पाउने छ ।

यस बाहेक आईसीसीलले हरेक जितको लागि ३१ हजार १ सय ५४ डलर दिने भनेको थियो । नेपालले एउटा पनि खेल नजितेकोले सो रकम पाउन भने नेपाल बन्चित भयो ।

यस प्रतियोगिताको बिजेताले २.४५ मिलियन डलर र उपविजेताले १.३८ मिलियन डलर पाउने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img