spot_img

विश्वकपमा एउटै खेल नजिते पनि ३ करोड पुरस्कार लिएर फर्कदै नेपाली टिम

spot_img

नेपाल टि २० क्रिकेट विश्वकपको समुह चरणबाट बाहिरिएको छ । समुह चरणका ४ खेलमा नेपालले १ अंक मात्र बटुल्न सक्यो ।

पहिलो खेलमा नेपालले नेदरल्याण्डसंग ६ विकेटको हार बेहोरेको थियो । श्रीलंकासंग दोस्रो खेल रहेकोमा सो खेल वर्षाको कारण रद्द भएर नेपालले १ अंक पाएको थियो । तेस्रो खेलमा नेपालले साउथ अफ्रीकासंग १ रनको झिनो हार बेहोरेको थियो । अन्तिम खेलमा बंगलादेशसंग २१ रनले पराजित भएपछि नेपाल अंक तालिकामा १ अंक मै सिमित रही समुहको पुछारमा रह्यो। नेपाल रहेको समुह डि बाट ८ अंक बटुलेको साउथ अफ्रीका र ६ अंक बटुलेको बंगलादेश दोस्रो चरणमा प्रवेश गरेका छन् । श्रीलंका, नेदरल्याण्ड र नेपाल बाहिरिए । यी ३ टिमले क्रमश ३, २ र १ अंक बटुलेका थिए ।

यस संगै नेपालले अब सन् २०२६ मा हुने विश्वकपमा सहभागी हुनको लागि क्षेत्रिय विश्वकप छनौट प्रतियोगिता खेल्नु पर्ने भएको छ । समुह चरणबाट बाहिरिए पनि नेपालले २ लाख २५ हजार अमेरिकी डलर पुरस्कार पाउने छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगितामा सहभागी २० देश मध्ये १३ औ देखि २० औ स्थानसम्म रहने टिमलाई समान २ लाख २५ हजार डलर दिने छ । सोहि अनुसार नेपालले २ लाख २५ हजार डलर अर्थात् ३ करोड ५९ हजार ५ सय ५० नेपाली रुपैयाँ पाउने छ ।

यस बाहेक आईसीसीलले हरेक जितको लागि ३१ हजार १ सय ५४ डलर दिने भनेको थियो । नेपालले एउटा पनि खेल नजितेकोले सो रकम पाउन भने नेपाल बन्चित भयो ।

यस प्रतियोगिताको बिजेताले २.४५ मिलियन डलर र उपविजेताले १.३८ मिलियन डलर पाउने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...