Monday, July 20, 2026
spot_img

धोबीघाटमा एमजीको सर्भिस सेन्टर सञ्चालनमा, ७ दिने Service Camp घोषणा

spot_img

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले धोबीघाटमा आफ्नो नयाँ State of art MG सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । अत्याधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, Genuine MG स्पेयर पार्ट्स तथा पारदर्शी र प्रतिस्पर्धी सेवा शुल्कसहित सञ्चालनमा आएको यो सर्भिस सेन्टरले सम्पूर्ण MG ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा (After-sales Service) प्रदान गर्ने लक्ष्य राखेको छ ।

नयाँ सर्भिस सेन्टरको उद्घाटनको अवसरमा कम्पनीले २२ जुलाईदेखि २९ जुलाई २०२६ सम्म ७ दिने “ग्रान्ड ओपनिङ सर्भिस क्याम्प” आयोजना गर्ने भएको छ । यस अभियानमार्फत एमजीका नयाँ तथा हालका ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नुका साथै कम्पनीको आधुनिक सेवा सुविधासँग परिचित गराइने कम्पनीले जनाएको छ ।

MG ग्राहकहरूको स्वामित्व अनुभव (Ownership Experience) अझ सुदृढ बनाउन तथा भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले यो नयाँ सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीको भनाइ छ ।

ग्रान्ड ओपनिङ सर्भिस क्याम्पका मुख्य आकर्षणहरू:

  • सम्पूर्ण एमजी ग्राहकका लागि समर्पित सर्भिस सुविधा
  • कम्पनीबाट प्रशिक्षित प्राविधिकद्वारा सेवा
  • Genuine MGस्पेयर पार्ट्सको उपलब्धता
  • पारदर्शी तथा प्रतिस्पर्धी सेवा शुल्क

“यो Dedicated MG सर्भिस सेन्टरको स्थापना हाम्रो ग्राहकप्रतिको प्रतिबद्धताको अर्को महत्वपूर्ण कदम हो । उत्कृष्ट after-sales service नै सफल स्वामित्व अनुभवको आधार हो भन्ने हाम्रो विश्वास छ । यस सुविधामार्फत नेपालभरका एमजी ग्राहकलाई अझ भरपर्दो, गुणस्तरीय र सहज सेवा प्रदान गर्ने हाम्रो उद्देश्य रहेको छ” जी.ओ. अटोमोबाइल्स प्रा. लि. का प्रबन्ध निर्देशक आकाश गोल्छाले भने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिव राख्ने प्रावधान हटाउन रास्वपा सांसदको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल...

पानीको बहाव बढेपछि कोसी नदीका २८ ढोका खोलियो

अविरल वर्षका कारण कोसी नदीमा पानीको बहाव २ लाख...

सरोगेट विज्ञापन गर्न सक्ने व्यवस्था गर्दै सरकार, विज्ञापनका कारण क्षति भए क्षतिपूर्ति दिनुपर्ने

सरकारले राष्ट्रिय विज्ञापन नीति २०८३ ल्याएको छ। प्रधानमन्त्री तथा...

गत आर्थिक वर्ष विद्युत उत्पादन थालेका २२ वटा आयोजना सम्मानित (सूचीसहित)

विद्युत विकास विभागले २० वटा जलविद्युत आयोजना र २...

दिगो र घाम पावरबीच इटहरीमा सौर्य ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न सम्झौता

दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार...
spot_img