Sunday, July 19, 2026
spot_img

बैंकर डा.मल्लको दोश्रो कृति ‘सपना सकार हुन्छन्’ बजारमा

spot_img

डा. बुद्धि मल्लद्वारा लिखित दोश्रो पुस्तक “सपना सकार हुन्छन्” बजारमा आएको छ। यसअघि “सफलता सम्भव छ” नामक पुस्तक बजारमा ल्याईसकेका लेखक डा. मल्लले अहिले “सपना साकार हुन्छन्” पुस्तक ल्याएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज भएको बिमोचन कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । उक्त पुस्तक बिमोचन कार्यक्रम शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको अध्यक्षता र नेपाल ब्यवस्थापन संघका अध्यक्ष डा.हेमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बरिष्ठ पत्रकार तथा लेखक रोहित भण्डारी र मोटिभेटर एवं लेखक तुलसी निरौलाले पुस्तकमाथि समिक्षा गरेका थिए ।

सो पुस्तकमा सानो सोंच्ने जोखिमबाट बच्छ, ठुलो सोंच्ने ईतिहांस रच्छ, संधैभरी बिद्यार्थी, प्रतिकूलता परिक्षा हो, आंशु पुछ्ने हात नै महान् हुन्छन्, कोमल ओठबाट बाणजस्तो शब्द ननिकाल्नु, सफल दाम्पत्यको लागि मनको कुरा बुझ्नुपर्छ, नेतृत्वका प्रकार ः असल, खराब र कुरुप, अवसरलाई नचिन्ने संधै बन्छ खिन्न, समस्या समाधानमा फाईभ ह्वाई सिद्धान्त जस्ता बिभिन्न शिर्षकहरुमा ४९ वटा सन्देशमुलक लेखहरु संग्लग्न छन्।

बैंकर समेत रहेका लेखक मल्लको अघिल्लो पुस्तक “सफलता सम्भव छ” मा समावेश गरिएका लेखकहरुको सार समेत समावेश गरिएकोले पुस्तक सबै बर्गहरुको लागि उपयोगी भएको बक्ताहरुले बताएका थिए।

पुस्तकले मानिसहरुमा केहि हदसम्म नकारात्मकता हटाउन र आशा बढाउन, म सक्दिन कि भनेर अन्यौलमा रुमलिइरहेकाहरुमा म गर्न सक्छु भन्ने भावना जागृत गराउन सहयोगी बन्न सक्ने लेखक डा. मल्लले बिश्वास लिएको बताएका छन्।

पुस्तक नेपालभर बिभिन्न पुस्तक पसलमा उपलब्ध हुनुको साथै दराज, पुस्तक घर अनलाईनबाट र शिखा बुक्स मार्फत प्राप्त गर्न सकिने बताइएको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धोबीघाटमा एमजीको सर्भिस सेन्टर सञ्चालनमा, ७ दिने Service Camp घोषणा

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले...

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिव राख्ने प्रावधान हटाउन रास्वपा सांसदको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल...

पानीको बहाव बढेपछि कोसी नदीका २८ ढोका खोलियो

अविरल वर्षका कारण कोसी नदीमा पानीको बहाव २ लाख...

सरोगेट विज्ञापन गर्न सक्ने व्यवस्था गर्दै सरकार, विज्ञापनका कारण क्षति भए क्षतिपूर्ति दिनुपर्ने

सरकारले राष्ट्रिय विज्ञापन नीति २०८३ ल्याएको छ। प्रधानमन्त्री तथा...

गत आर्थिक वर्ष विद्युत उत्पादन थालेका २२ वटा आयोजना सम्मानित (सूचीसहित)

विद्युत विकास विभागले २० वटा जलविद्युत आयोजना र २...
spot_img