बैंकर्सहरुले नेपाल राष्ट्र बैंकमा ३ जना डेपुटी गभर्नर हुने व्यवस्था गर्न सुझाव दिएका छन् । राष्ट्र बैंक विधेयक माथिको छलफलमा भाग लिँदै नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले केन्द्रीय बैंकमा ३ जना डेपुटी गर्भनरको प्रबन्ध गर्नुपर्ने बताएका हुन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा राष्ट्र बैंक विधेयक माथिको छलफलमा सुझाव दिँदै अध्यक्ष कोइरालाले ३ जना डेपुटी गभर्नर राख्नुपर्ने भन्दै गर्भनरको प्रतिस्पर्धामा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले पनि भाग लिन पाउने प्रबन्ध गर्न आग्रह गरेका हुन् ।
‘केन्द्रीय बैंकको तेस्रो डेपुटी गभर्नर विज्ञहरुबाट नियुक्त भएको खण्डमा अझै उत्तम हुन्छ’ उनले भने, ‘वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत भएकै कारण गभर्नर बन्न नसक्ने व्यवस्था नगरिदिनु होला । कुलिङ पिरियड अहिले पनि छ, गभर्नरको दाबेदारी दिने पूर्वबैंकरको हकमा कुलिङ पिरियडको व्यवस्था गर्दा हुन्छ होला ।’









