विद्युत विकास विभागले २० वटा जलविद्युत आयोजना र २ वटा सौर्य उर्जा आयोजनालाई सम्मान गरेको छ। विभागको ३३ औ वार्षिकोत्सवको अवसरमा विद्युत् विकास विभागकी महानिर्देशक मन देवी श्रेष्ठ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले संयुक्त रुपमा ति आयोजनालाई सम्मान गरेका हुन् ।
विद्युत आयोजना निर्माण सम्पन्न गरि आर्थिक वर्ष २०८२/८३ मा विद्युत उत्पादन थालेका आयोजनाका प्रबर्दक कम्पनीलाई सम्मान गरिएको हो। विद्युत उत्पादन गरि राष्ट्रिय प्रसारणलाइनमा जोडेर राष्ट्रिय उर्जा सुरक्षा तथा आर्थिक विकासमा ति कम्पनीले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको विभागले जनाएको छ।
सौर्य उर्जातर्फ सम्मानित हुनेमा ग्लोबल इनर्जी एण्ड कन्स्ट्रक्सन प्रालि र ग्रिन इन्फ्रास्ट्रक्चर प्रालि सम्मानित भएका छन्। ग्लोबल इनर्जीले मोरंगमा ८ मेगावाट क्षमताको ग्रिड आबद्ध सौर्य विद्युत आयोजना, दुहबी निर्माण सम्पन्न गरि २०८२ माघ २८ देखि विद्युत उत्पादन थालेको छ । त्यस्तै ग्रिन इन्फ्रास्ट्रक्चरले धनुषामा ५ मेगावाटको ढल्केवर सोलार आयोजना निर्माण सम्पन्न गरि २०८३ जेठ ३० देखि विद्युत उत्पादन गरिरहेको छ ।
यस्ता छन् सम्मानित हुने जलविद्युततर्फका आयोजना










