Monday, July 20, 2026
spot_img

भारतले सुरु गर्यो हाइड्रोजन ट्रेन: ७५ को स्पीड, ८९ किलोमिटरको भाडा २५ रुपैयाँ मात्रै

spot_img

भारतले आफ्नै देशमा बनेको हाइड्रोजन रेलको उद्घाटन गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै भारतको पहिलो स्वदेशी हाइड्रोजन ट्रेनको उद्घाटन गरेका हुन् ।

यो ट्रेन पर्यावरणमैत्री रेल यातायाततर्फको ठूलो कदम हो, जसले डिजेल इन्जिनको सट्टा हाइड्रोजन फ्युल सेल प्रविधि प्रयोग गर्दछ। हाइड्रोजन ट्रेनमा फ्युल सेल प्रविधि जडान गरिएको छ। यसमा हाइड्रोजन ग्यास र अक्सिजन (हावा) को रासायनिक प्रतिक्रियाबाट विद्युत् उत्पादन हुन्छ। यस प्रक्रियामा केवल पानीको वाष्प (water vapour) र तातो हावा मात्र निस्कन्छ — कुनै कार्बन उत्सर्जन हुँदैन। यो शून्य-उत्सर्जन (zero-emission) प्रविधि हो।

भारतको यो ट्रेन १२०० किलोवाट (१२०० एचपी) पावरको छ, जुन अन्य देशका हाइड्रोजन ट्रेनभन्दा धेरै शक्तिशाली छ। ट्रेनले हाइड्रोजन सेलहरुबाट आफैं विद्युत् उत्पादन गर्छ र दुईवटा पावर कारसहित १० कोचको हुन्छ।

यो रेल ८९ किलोमिटर रहेको हरियाणाको जिन्ददेखि सोनिपत खण्डमा चल्छ। जुन उत्तरी रेलवे अन्तर्गत पर्छ। ट्रेनले पाण्डु पिण्डारा, ललित खेडा, भाम्भेवा, इसापुर खेडी, बुटाना, खान्द्राई, राब्रा, लाथ, मोहाना र बरुवास्नी जस्ता स्टेसनहरूमा रोक्छ।

यसले एक पटकमा करिब २६०० यात्रु बोक्न सक्छ, जुन विश्वकै ठूलो हाइड्रोजन यात्री ट्रेनमध्ये एक हो। ११० किलोमिटर प्रति घण्टाको लागि डिजाइन गरिएपनि हाल ट्रेनलाई ७५ किलोमिटर प्रति घण्टाको गतिमा संचालन गरिएको छ । रेलको न्यूनतम भाडा १० रुपैयाँ रहेको छ भने अधिकतम भाडा २५ रुपैयाँ रहेको छ ।

भारतको रेल मन्त्रालयले ३५ वटा यस्ता हाइड्रोजन ट्रेनहरू विकास गर्न ₹२८०० करोड (लगभग ३३७ मिलियन अमेरिकी डलर) लगानी गरेको छ। प्रत्येक ट्रेनको लागत करिब ₹८० करोड अनुमानित छ। यो परियोजना भारतको २०३० सम्म शून्य उत्सर्जन रेल नेटवर्क बनाउने लक्ष्यसँग जोडिएको छ। ट्रेन चेन्नईको इंटिग्रल कोच फ्याक्टरी (ICF) मा निर्माण गरिएको हो।

हाइड्रोजन चुहावट र आगोबाट बचाउन रेलमा उन्नत सेन्सर र सुरक्षा प्रणाली जडान गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धोबीघाटमा एमजीको सर्भिस सेन्टर सञ्चालनमा, ७ दिने Service Camp घोषणा

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले...

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिव राख्ने प्रावधान हटाउन रास्वपा सांसदको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल...

पानीको बहाव बढेपछि कोसी नदीका २८ ढोका खोलियो

अविरल वर्षका कारण कोसी नदीमा पानीको बहाव २ लाख...

सरोगेट विज्ञापन गर्न सक्ने व्यवस्था गर्दै सरकार, विज्ञापनका कारण क्षति भए क्षतिपूर्ति दिनुपर्ने

सरकारले राष्ट्रिय विज्ञापन नीति २०८३ ल्याएको छ। प्रधानमन्त्री तथा...

गत आर्थिक वर्ष विद्युत उत्पादन थालेका २२ वटा आयोजना सम्मानित (सूचीसहित)

विद्युत विकास विभागले २० वटा जलविद्युत आयोजना र २...
spot_img