Monday, July 20, 2026
spot_img

अब मासिक २१२४ रुपैयाँ EMI मै बजाजको बाइक: ऋण अवधि बढ्यो, ब्याज घट्यो

spot_img

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ । ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन नयाँ सुविधा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा उपलब्ध हुनेछ । यस व्यवस्थासँगै मासिक किस्ता (इएमआई) उल्लेख्य रूपमा घट्ने भएकाले पहिलो पटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे, परिवार तथा मासिक बजेटलाई प्राथमिकता दिने ग्राहकहरूका लागि बजाजको स्वामित्व अझ सहज बन्ने कम्पनीले जनाएको छ ।

यस योजनामा ऋणको अवधि मात्र बढाइएको छैन, ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ । यसले ग्राहकको मासिक आर्थिक भार थप कम गर्न सहयोग गर्ने विश्वास कम्पनीको छ ।

कम्पनीका अनुसार यो सुविधा प्लाटिना १००इएस देखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलमा लागू हुनेछ । नयाँ फाइनान्सिङ व्यवस्थाअनुसार प्लाटिना १०० इएस मा मासिक किस्ता करिब रु. ३,२५५ बाट घटेर रु. २,१२४ पुगेको छ भने ग्राहकले हरेक महिना करिब रु. १,१३१ बचत गर्न सक्नेछन् । त्यस्तै, डोमिनार ४०० मा मासिक किस्ता करिब रु. ८,२२७ बाट घटेर रु. ५,३७० मा झरेको छ, जसले मासिक करिब रु. २,८५७ सम्म बचत हुने कम्पनीले जनाएको छ ।

यसैगरी, पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर २००एनएस, पल्सर एन२५० तथा एनएस४००जेड लगायत सम्पूर्ण मोडेलमा पनि मासिक किस्ता उल्लेख्य रूपमा घटाइएको छ, जसले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार मोटरसाइकल छनोट गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभई ग्राहकको वास्तविक आवश्यकता बुझेर स्वामित्वलाई अझ पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको योजना हो । मोटरसाइकलको मूल्यभन्दा पनि मासिक किस्ता धेरैका लागि चुनौती बन्ने अवस्थालाई ध्यानमा राख्दै बजाजले ऋण अवधि विस्तार र ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ ।

एचएच बजाजका अनुसार ग्राहकको सुविधालाई केन्द्रमा राखेर गरिएको यस निर्णयले अझ धेरै नेपालीलाई सहज मासिक किस्तामार्फत आफूले चाहेको बजाज मोटरसाइकलको स्वामित्व लिन मद्दत गर्नेछ । कम्पनीले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बजारको मागअनुसार यस्ता ग्राहकमैत्री योजना ल्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) मार्फत उपलब्ध हुने यो सुविधा देशभर रहेका एचएच बजाज शोरुमहरू बाट लिन सकिने कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धोबीघाटमा एमजीको सर्भिस सेन्टर सञ्चालनमा, ७ दिने Service Camp घोषणा

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले...

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिव राख्ने प्रावधान हटाउन रास्वपा सांसदको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल...

पानीको बहाव बढेपछि कोसी नदीका २८ ढोका खोलियो

अविरल वर्षका कारण कोसी नदीमा पानीको बहाव २ लाख...

सरोगेट विज्ञापन गर्न सक्ने व्यवस्था गर्दै सरकार, विज्ञापनका कारण क्षति भए क्षतिपूर्ति दिनुपर्ने

सरकारले राष्ट्रिय विज्ञापन नीति २०८३ ल्याएको छ। प्रधानमन्त्री तथा...

गत आर्थिक वर्ष विद्युत उत्पादन थालेका २२ वटा आयोजना सम्मानित (सूचीसहित)

विद्युत विकास विभागले २० वटा जलविद्युत आयोजना र २...
spot_img