Sunday, July 19, 2026
spot_img

विश्वकपमा Jersey Battle: १२ वर्षपछि फाइनल खेल हुनु अगावै नै Adidas को ठूलो जित

spot_img

फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेनबीच हुने भिडन्तले मैदानमा मात्र नभई, जर्सी ब्याटललाई पनि उत्कर्षमा पुर्‍याएको छ। दुवै फाइनलिस्ट टिमका जर्सी एडिडासका छन्। फाइनल खेल अघि नै यस पटकको “जर्सी ब्याटल” मा एडिडासको स्पष्ट जित सुनिश्चित गरिसकेको छ।

यो उपलब्धि २०१४ को ब्राजिल विश्वकपपछि पहिलो पटक हो। त्यतिबेला जर्मनीले अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएको थियो र दुवै टिम एडिडास जर्सीमा थिए।

२०२२ को विश्वकप फाइनलमा अर्जेन्टिना (एडिडास) र फ्रान्स (नाईकी) भिडेका थिए भने २०१८ को विश्वकपमा फ्रान्स (नाईकी) र क्रोएसिया (नाईकी) भिडेका थिए। २०१८ मा नाईकीले एडिडास माथि दबाब बनाएको थियो । २०१० मा स्पेन (एडिडास) र नेदरल्यान्ड्स (नाईकी) फाइनलमा भिडेका थिए। २०१४ पछिको यो दोस्रो पटक हो जुन एडिडासले दुवै फाइनलिस्टलाई आफ्नो जर्सीमा सजाएको छ।

एडिडासले यस पटक अर्जेन्टिना, स्पेन, जर्मनी, मेक्सिको, कोलम्बिया, बेल्जियम, जापान लगायत १४ राष्ट्रिय टिमको जर्सी आपूर्ति गरेको छ। नाईकीले भने ब्राजिल, फ्रान्स, इङ्ल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स सहित १२ टिमको जर्सी आपूर्ति गरेको छ।  पुमाले पनि ११ टिमको जर्सी आपूर्ति अग्रेको छ। बाँकी साना ब्रान्डहरूले अन्य टिम कभर गरेका छन्।

विश्वकपमा सहभागी मध्ये एडिडासले कुल ४८ टिममध्ये सबैभन्दा बढी टिमलाई जर्सी दिएको छ र फाइनलमा पनि आफ्नो दबदबा कायम राखेको छ। अर्जेन्टिनाको जर्सीले बिक्रीमा कीर्तिमान रचेको छ। अर्जेन्टिनाको जर्सी ४१ लाख ३० हजार वटा बिक्री भएको छ। त्यसपछि इङ्ल्यान्डको ३१ लाख ४० हजार वटा, अमेरिकाको २५ लाख ४० हजार वटा, स्पेनको २३ लाख ७० हजार र फ्रान्सको २१ लाख ६० हजार वटा जर्सी बिक्री भएका छन्। मेस्सीको जादुई आकर्षण र डिफेन्डिङ च्याम्पियनको हैसियतले यसलाई सम्भव बनाएको हो।

समग्रमा एडिडासले विश्वकप जर्सी बिक्रीमा अग्रता लिएको छ। यस पटक विश्वकप सम्बन्धी सामग्री खरिदमा ७० प्रतिशत वार्षिक वृद्धि देखिएको छ। स्टोर भिजिट पनि बढेका छन्।

नाईकी र एडिडासबीचको प्रतिस्पर्धा फुटबलको सबैभन्दा चर्चित “अफ-पिच” राइभलरी हो। एडिडास फिफाको आधिकारिक पार्टनर र म्याच बल (ट्रियोन्डा फाइनल) सप्लायर पनि हो।  नाईकीले आक्रामक मार्केटिङ, ठूलो बजेट र ग्लोबल स्टारहरू (काइलियन एम्बाप्पे, एर्लिङ हालान्ड आदि) मार्फत युवा पुस्तालाई आकर्षित गर्छ।

तर नाईकीलाई यस पटक केही निराशा भएको छ। आफ्ना ठूला टिम (फ्रान्स, ब्राजिल, इङ्ल्यान्ड) सेमिफाइनल वा फाइनलसम्म पुग्न सकेनन्। केही जर्सीको अपेक्षित बिक्री हुन सकेनन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धोबीघाटमा एमजीको सर्भिस सेन्टर सञ्चालनमा, ७ दिने Service Camp घोषणा

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले...

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिव राख्ने प्रावधान हटाउन रास्वपा सांसदको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल...

पानीको बहाव बढेपछि कोसी नदीका २८ ढोका खोलियो

अविरल वर्षका कारण कोसी नदीमा पानीको बहाव २ लाख...

सरोगेट विज्ञापन गर्न सक्ने व्यवस्था गर्दै सरकार, विज्ञापनका कारण क्षति भए क्षतिपूर्ति दिनुपर्ने

सरकारले राष्ट्रिय विज्ञापन नीति २०८३ ल्याएको छ। प्रधानमन्त्री तथा...

गत आर्थिक वर्ष विद्युत उत्पादन थालेका २२ वटा आयोजना सम्मानित (सूचीसहित)

विद्युत विकास विभागले २० वटा जलविद्युत आयोजना र २...
spot_img