मङ्सिरमा नेपाल पूर्वाधार सम्मेलन हुँदै, कानुन सुधार गरी लगानी आकर्षित गरिने

spot_img
spot_img

पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित सार्वजनिक–निजी साझेदारीमा आयोजना हुँदै आएको नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते (तदनुसार २०२६ डिसेम्बर ९ र १०) काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा नेपाल सरकारले नेपालमा लगानी गर्नको लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई आवश्यक वातावरण निर्माण गर्न कानुनीलगायतका सुधार भएको जानकारी गराउने र विशेषगरी स्वदेशी लगानीकर्तालाई लगानी गर्न उत्प्रेरित गरिनेछ । यसैगरी सम्मेलनमा लगानीयोग्य पूर्वाधार परियोजनाहरू प्रस्तुत गर्नुका साथै केही परियोजनामा लगानी सम्झौता गर्ने तयारी गरिएको छ ।

नेपाल उद्योग परिसंघले सन् २०१४ देखि आयोजना गर्दै आएको नेपाल पूर्वाधार सम्मेलनको यस संस्करणको सम्मेलन नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाली युवा निर्माण व्यवसायी समुदायको सहआयोजनामा हुन लागेको हो ।

Building for a Resilient Future मूल नाराका साथ आयोजना हुने सम्मेलनको उद्देश्य बलियो, दिगो र उत्थानशील पूर्वाधार विकासमार्फत मुलुकको समग्र आर्थिक विकास तथा समृद्धिमा योगदान पु¥याउनु रहेको छ ।

नेपाल सरकारले पूर्वाधार विकाससहित समग्र अर्थतन्त्रको विकासका लागि नयाँ कानुन निर्माण तथा विद्यमान कानुनमा सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण गर्दैछ । यसै सन्दर्भमा सम्मेलनमा लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित कानुनी सुधारका प्रमुख तीन विषयमा विशेष प्रस्तुति तथा छलफल हुनेछ । जसमा ६९ वटा विधेयकमार्फत कानुनी सुधार तथा लगानी र विकासका लागि कानुनी संरचनाको आधुनिकीकरण, राष्ट्रिय पूर्वाधार खाका (आधारभूत अवस्था, प्रस्तावित योजना तथा आगामी १० वर्षको दूरदृष्टि) र लगानीकर्ताले सामना गरिरहेका तथा भविष्यमा आउन सक्ने समस्याको समाधानका लागि प्रभावकारी कार्यान्वयन संयन्त्रको विकास रहेका छन् ।

दुई दिने सम्मेलनमा पहिचान गरिएका करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजनाहरू लगानीकर्तामाझ प्रस्तुत गरिनेछ । हालसम्म २३ वटा परियोजना पहिचान भइसकेका छन् भने सम्मेलनको तयारीका क्रममा थप परियोजनाहरूको पहिचान तथा छनोट गरिनेछ । पहिचान गरिएका परियोजनामा स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने र सम्भावित परियोजनामा लगानी सम्झौता गर्ने तयारीसमेत गरिएको छ ।

सम्मेलनमा पूर्वाधार, ऊर्जा, सहरी विकास, क्षेत्रीय यातायातलगायतका १२ वटा विषयगत क्षेत्रमा स्वदेशी लगानीकर्ता, स्वदेशी तथा अन्तर्राष्ट्रिय विषयविज्ञबीच गहन छलफल हुनेछ । प्रत्येक विषयगत छलफलमा सम्बन्धित मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरूले आफू मातहतका कानुनमा भएका सुधार, नीतिगत व्यवस्था तथा पहिचान गरिएका लगानीयोग्य परियोजनाबारे जानकारी गराउनेछन् । यसले सरकार र निजी क्षेत्रबीच पूर्वाधार विकासका प्राथमिकता, लगानीका सम्भावना र कार्यान्वयनका चुनौतीबारे साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहबाट उद्घाटन हुने सम्मेलनको सभापतित्व पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले गर्नेछन्। नेपालमा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार, परियोजनाको प्रभावकारी कार्यान्वयन र सरकार तथा निजी क्षेत्रबीच सहकार्य विस्तार गर्न सम्मेलन महत्वपूर्ण मञ्चका रूपमा रहने विश्वास लिइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN Calls for Battery Storage at Solar Plants to Meet Evening Peak Demand

The Solar Power Producers' Association, Nepal (SOPPAN) has petitioned...

Intraday Trading को लागि धितोपत्र बोर्डले ल्यायो नियमावलीको मस्यौदा

नेपाल धितोपत्र बोर्डले अन्तरदिवसीय कारोबार (Intraday Trading) सम्बन्धी नियमावलीको...

कान्तिपुर फर्मासुटिकल्स ल्याबले पायो आईपीओ निष्काशन अनुमति

कान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ।...

भिजन लुम्बिनी लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले...

अब ‘सेतोपत्रे’ सडक: वार्षिक ११ अर्ब जोगिने, ‘कालोपत्रे’भन्दा ३० वर्ष बढी टिकाऊ

असोज ३० गतेको मन्त्रिपरिषद बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको...

भारतमा विजुलीको मूल्य ७४ रुपैयाँसम्म, लाभ लिन नेपाली निजी क्षेत्रले कहिले पाउँला लाईसेन्स?

भारतमा अहिले अल्पकालीन समयको विजुलीको मूल्य भारु ४६ रुपैयाँ...