धितोपत्र बोर्डले लागू गर्यो सूचना प्रविधि नीति, चौबीसै घण्टा साइबर निगरानी अनिवार्य

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा सूचना प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोग गर्न “नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३” लागू गरेको छ। नीति आज (कार्तिक १८ गते) देखि कार्यान्वयनमा आएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार, उदीयमान प्रविधिसम्बन्धी व्यवस्थासमेत समेटेर एकीकृत नीतिगत व्यवस्था गर्न यो नीति ल्याइएको हो। नीतिले प्रविधिजन्य जोखिम घटाउने, बजारको निष्पक्षता र पारदर्शिता बढाउने, लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल नियामक क्षमता विकास गर्ने लक्ष्य राखेको छ। धितोपत्र तथा वस्तु विनिमय बजारको समग्र कार्यसम्पादनलाई सूचना प्रविधि पूर्वाधारको विकासमार्फत नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउनु यसको मुख्य उद्देश्य हो।

तीन तहमा सुरक्षा मानक

नीतिले बजारसँग सम्बद्ध निकायलाई सूचना प्रविधिको प्रयोगमा पालना गर्नुपर्ने सुरक्षा मानकका आधारमा तीन तहमा वर्गीकरण गरेको छ।

  • पहिलो तह: नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक र केन्द्रीय निक्षेप सेवा
  • दोस्रो तह: धितोपत्र दलाल व्यवसायी, धितोपत्र व्यापारी र मर्चेन्ट बैंकर
  • तेस्रो तह: क्रेडिट रेटिङ एजेन्सी र सेयर रजिष्ट्रार

विपद् पुनःप्राप्ति र व्यवसाय निरन्तरता

बजार कारोबार, राफसाफ तथा फछ्र्यौट संयन्त्र, केन्द्रीय निक्षेप प्रणाली र वेयरहाउससँग सम्बन्धित अभिलेख दिगो, भरपर्दो र सुरक्षित बनाउन अन्तर्राष्ट्रिय अभ्यासअनुरूपको विपद् पुनःप्राप्ति संयन्त्र (DRM) स्थापना र व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ। महत्त्वपूर्ण बजार पूर्वाधार र व्यवसायीले व्यवसाय निरन्तरता योजना (BCP) र विपद् पुनरुत्थान योजना (DRP) तयार गर्नुपर्नेछ। दुवै योजनाको वार्षिक परीक्षण (ड्रिल/सिमुलेसन) अनिवार्य गरिएको छ र सो सम्बन्धी प्रतिवेदन बोर्डमा बुझाउनुपर्नेछ।

बाह्य सेवा खरिदमा कडाइ

बजार र नियमनसम्बन्धी प्रविधिजन्य उपकरण तथा सेवा खरिद गर्दा विक्रेता उचित तत्परता (Vendor Due Diligence) र विक्रेता जोखिम व्यवस्थापन अनिवार्य गरिएको छ। सूचना प्रविधि बाह्यकरणको अनुबन्धमा स्पष्ट सेवा स्तर सम्झौता (SLA), तथ्यांक सुरक्षा दायित्व, नियामकको अडिट अधिकार र विक्रेता बहिर्गमन रणनीति राख्नुपर्ने प्रावधान छ। यससँग सम्बन्धित अन्य विषय आवश्यक निर्देशिकामार्फत व्यवस्था गरिनेछ।

चौबीसै घण्टा साइबर निगरानी

बजार पूर्वाधार संस्थाहरूले सुरक्षा सञ्चालन केन्द्र (SOC) स्थापना गर्नुपर्ने वा मान्यताप्राप्त प्रबन्धित सुरक्षा सेवा प्रदायक (MSSP) मार्फत चौबीसै घण्टा साइबर खतरा निगरानीको व्यवस्था मिलाउनुपर्ने प्रावधान पनि नीतिमा राखिएको छ।

फिनटेक र रेगुलेटरी स्यान्डबक्सलाई प्रोत्साहन

नीतिले सूचना प्रविधिको व्यवस्थित प्रयोगमार्फत बजार नियमन, सञ्चालन र लगानीलाई डिजिटल रूपान्तरण गर्दै लैजाने लक्ष्य लिएको छ। रेगुलेटरी स्यान्डबक्स लगायतका नवीनतम प्रविधिमार्फत फिनटेक जस्ता उदीयमान व्यवस्थालाई सहजीकरण र प्रोत्साहन गर्ने व्यवस्था पनि समेटिएको छ।

सुपटेक र रेगटेकको प्रयोग

बोर्डले सुपरिवेक्षकीय प्रविधि (SupTech) र नियामकीय प्रविधि (RegTech) को उपयोगमार्फत नियमनलाई प्रभावकारी बनाउने जनाएको छ। यसबाट बजारलाई पारदर्शी र विश्वसनीय बनाउन, तथा सूचना प्रविधिको उपयोग स्तरीय, भरपर्दो र सुरक्षित बनाउन महत्त्वपूर्ण आधार तयार हुने बोर्डको विश्वास छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN Honored by AEPC at its 30th Annual Day for Flood Relief Contribution

The Solar Power Producers’ Association, Nepal (SOPPAN) attended the...

‘गरिब देशबाट स्तरोन्नति’ हुने समय ३ वर्ष थपिँदा नेपाललाई के हुन्छ फाइदा ?

अवस्था ठिकठाक चलिरहेको हुन्थ्यो भने देशमा यतिबेला ‘गरिब देशबाट...

नेपाल प्रहरीको महानिरीक्षकमा डा. मनोज केसी नियुक्त, हटाईए दानबहादुर

सरकारले एआईजी डा. मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)...

तिहारको भाइमसलाः कति छ मूल्य ?

दोस्रो ठूलो चाड तिहार नजिकिएको छ । दिदीबहिनीहरुले आफ्ना...

एनआईसी एशिया बैंकले पायो हकप्रद निष्काशनको अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ।...

बीमा क्षेत्रमा NFRS 17 लागू गर्ने समय १ वर्ष थप गर्ने प्राधिकरणको निर्णय, बोर्डलाई पठायो पत्र

नेपाल बीमा प्राधिकरणले अन्तत: बीमा क्षेत्रमा एनएफआरएस १७ लागू...