भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । भिजन लुम्बिनीका तर्फबाट अध्यक्ष जगत बहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुने १२ लाख ५० हजार कित्ता साधारण शेयर, प्रति कित्ता रु. १००÷– अंकित मूल्यका दरले सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणलाई बिक्री गर्नेछ ।
भिजन लुम्बिनी नेपालको लगानी क्षेत्रको विकास र विस्तारमा निरन्तर योगदान गर्दै आएको सार्वजनिक लगानीमूलक कम्पनी हो । कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खनन लगायतका उत्पादनशील र प्रशोधन क्षेत्रमा लगानीका अवसरको पहिचान, अध्ययन, विश्लेषण र प्रवद्र्धन गर्दै आएको छ । स्वदेशी पूँजी र स्रोत साधनको प्रभावकारी परिचालन मार्फत लगानीका नयाँ सम्भावना खोजी गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउनु कम्पनीको लक्ष्य हो । यही उद्देश्य अनुरूप कम्पनीले दीर्घकालीन लगानी रणनीति, व्यावसायिक व्यवस्थापन र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै आएको छ ।
कम्पनीले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ । भविष्यमा पनि नयाँ र सम्भावनायुक्त परियोजनामा लगानी विस्तार गरी राष्ट्रिय पूँजी निर्माण, रोजगारी सिर्जना र नेपालको आर्थिक विकासमा थप योगदान पु¥याउने लक्ष्य राखेको छ ।










