रु रु जलविद्युतको साधारणसभा सम्पन्न, यस्तो बन्यो नयाँ सञ्चालक समिति

spot_img
spot_img

रु रु जलविद्युत परियोजान लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले पुस २५ गते शुक्रबार सभा सम्पन्न गरेको हो।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८१÷०८२ अवधिको मुनाफा बाट चुक्ता पूँजीको १० % (प्रतिशत) वोनस शेयर जारी गर्ने विशेष प्रस्ताव तथा ५.७८९% (प्रतिशत) नगद लाभांश (वोनस शेयरको कर प्रयोजनका लागि समेत ) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  सभाले चुक्ता पूँजीको १०% (दश प्रतिशत) बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरे बमोजिम बोनस शेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्ता पूँजी लाई आवश्यकता अनुसार वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको उद्देश्यमा थप गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले बोनस शेयर जारी गरे पश्चात कायम हुने चुक्ता पूँजीको १ः०.८ (एक शेयर बराबर शुन्य दशमलव आठ शेयर) अनुपातमा हकप्रद शेयरको सार्वजनीक निष्कासन गर्ने निर्णय गरेकोमा सोको स्वीकृतीका लागि नियमन आयोगमा आवश्यक कारबाही भइरहेको जानकारी सभालाई गराउदै सभाबाट सोही निर्णय र निवेदनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सभाले आगामी ४ वर्षका लागि कम्पनीको सञ्चालक समितिमा शेयरधनीहरु बाट प्रतिनिधित्व गर्ने १ (एक) जना महिला सहित गरि ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ भने स्वत्रन्त्र विशेषज्ञ सञ्चालकको नियुक्तिको अनुमोदन गर्दै  ७ (सात) सदस्यीय सञ्चालक समितिको गठन गरेको छ।

सञ्चालकहरुमा आशिष सुवेदी, चन्द्र बहादुर पुन, सागर पाठक, सरिता शाक्य प्रधान, अन्जन राज पौड्याल, अविनाश सिलवाल र गोविन्द चालिसे  (स्वतन्त्र विशेषज्ञ) सञ्चालक रहेका छन् ।  साथै सभा सम्पन्न भए पश्चात बसेको कम्पनीको नयाँ सञ्चालक समितिको प्रथम बैठकले  आशिष सुवेदीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

गुल्मि जिल्लाको चन्द्रकोट गाउँपालिका ( शान्तीपुर, रुपाकोट र हरेवा गा.वि.स. ) मा अवस्थित यस परियोजनाको कुल क्षमता ५ मेगावाट रहेको छ । २०६२ साल चैत्रमा स्थापना भएको यस कम्पनीद्वारा प्रर्वद्धित माथिल्लो हुग्दी खोला जलविद्युत परियोजनाको व्यापारिक उत्पादन २०७१ साल चैत्र ९ गतेबाट शुरु भएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मङ्सिरमा नेपाल पूर्वाधार सम्मेलन हुँदै, कानुन सुधार गरी लगानी आकर्षित गरिने

पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित...

SOPPAN Calls for Battery Storage at Solar Plants to Meet Evening Peak Demand

The Solar Power Producers' Association, Nepal (SOPPAN) has petitioned...

Intraday Trading को लागि धितोपत्र बोर्डले ल्यायो नियमावलीको मस्यौदा

नेपाल धितोपत्र बोर्डले अन्तरदिवसीय कारोबार (Intraday Trading) सम्बन्धी नियमावलीको...

कान्तिपुर फर्मासुटिकल्स ल्याबले पायो आईपीओ निष्काशन अनुमति

कान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ।...

भिजन लुम्बिनी लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले...

अब ‘सेतोपत्रे’ सडक: वार्षिक ११ अर्ब जोगिने, ‘कालोपत्रे’भन्दा ३० वर्ष बढी टिकाऊ

असोज ३० गतेको मन्त्रिपरिषद बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको...