पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

spot_img
spot_img

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको छ ।  नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले  मन्त्री लम्सालसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको हो।

सो छलफलका क्रममा मन्त्री सुनिल लम्सालले नाडाकोतर्फबाट आएका जायज सुझावहरुका सन्दर्भमा सरकारले ऐन नै संशोधनगरी सहजीकरण गरि दिने आश्वासन दिएका छन् ।

सो भेटघाट तथा छलफलको क्रममा नाडाका अध्यक्ष उप्रेतीले नेपालको अटोमोवाइल क्षेत्रसंग सम्बन्धित विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए । उक्त छलफल सरकारले हालै व्यावसायिक महत्वका सवारी साधनको दर्ता रोक्का गरिएकोमा एल.सि. (L.C.) खोलिसकिएका र बाटोमा आईसकेको ती सवारी साधनहरुको हकमा दर्ता फुकुवाको व्यवस्था हुनु पर्ने, हालको बजेटले हेवी इक्यूपमेण्ट्स् लगायतका मेशिनरी सामानहरुमा समेत मूल्य अभिबृद्धि कर लगाउने व्यवस्था गरेकोमा यस विषयमा सरकारले पूर्नविचार गर्नु पर्ने, भन्सार विभाग र यातायात व्यवस्था विभागबीच डिजिटल एकीकरण (Digital Integration) गरी आयातित सवारी साधनको विवरण स्वचालित रूपमा आदान-प्रदान गर्ने व्यवस्था लागू गर्नु पर्ने माग नाडाले राखेको छ।

छलफलमा भन्सार र यातायात प्रणाली एकीकृत भएपछि डिलरको नाममा सवारी दर्ता गर्नुपर्ने बाध्यता हटाउने तथा सरकारी पोर्टल मार्फत जारी हुने अस्थायी स्व-घोषणा (Self-Declaration) नम्बर प्रयोग गरी सवारी साधन सञ्चालन तथा स्थानान्तरण गर्न सकिने व्यवस्था हुनु पर्ने, डेटा साझेदारी (Data Sharing) प्रणाली तथा डिजिटल प्रमाणीकरण (Digital Verification) प्रक्रिया सम्बन्धी स्पष्ट कार्यविधि तयार गरिनु पर्ने, नयाँ मोटर वाहन तथा यातायात व्यवस्थापन ऐन को वर्तमान अवस्था, कार्यान्वयन समयसीमा (Timeline) तथा यस प्रक्रियामा NADA को संलग्नता र भूमिकाबारे स्पष्टता हुनु पर्ने , सवारी साधन आयात नीतिको प्रभावकारी कार्यान्वयन तथा उद्योग व्यवसायले भोगिरहेका व्यावहारिक समस्याहरूको समाधान हुनु पर्ने , मन्त्रालयले गठन गर्ने भनेको यातायात प्राधिकरणमा नाडाको प्रतिनिधित्वको लागि व्यवस्था गरिदिनुपर्ने र सवारी कर सवारी साधनको विक्रि पश्चात मात्र लाग्ने व्यवस्था हुनु पर्ने माग पनि नाडाले राखेको छ ।

सो छलफलमा उद्योग सचिव कृष्णबहादुर राउत, पूर्वाधार बिकास सचिव गोपालप्रसाद सिग्देल, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी तथा यातायात व्यवस्था विभागका महानिर्देशक रोशन ज्ञवाली पनि उपस्थित थिए । त्यसैगरी, नाडाका वरिष्ठ सल्लाहकार राजनबाबु श्रेष्ठ, महासचिव मिलनबाबु मल्ल, नाडा केन्द्रीय कार्यसमिति सदस्य नवराज भुसाल, नाडा केन्द्रीय कार्यसमितिका सदस्य तथा व्यावसायिक सवारी साधन समितिका सभापति विमल साह, नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका सभापति पहेश पाल समेतले समेत आ-आफ्ना धारणा व्यक्त गरेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मङ्सिरमा नेपाल पूर्वाधार सम्मेलन हुँदै, कानुन सुधार गरी लगानी आकर्षित गरिने

पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित...

SOPPAN Calls for Battery Storage at Solar Plants to Meet Evening Peak Demand

The Solar Power Producers' Association, Nepal (SOPPAN) has petitioned...

Intraday Trading को लागि धितोपत्र बोर्डले ल्यायो नियमावलीको मस्यौदा

नेपाल धितोपत्र बोर्डले अन्तरदिवसीय कारोबार (Intraday Trading) सम्बन्धी नियमावलीको...

कान्तिपुर फर्मासुटिकल्स ल्याबले पायो आईपीओ निष्काशन अनुमति

कान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ।...

भिजन लुम्बिनी लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले...

अब ‘सेतोपत्रे’ सडक: वार्षिक ११ अर्ब जोगिने, ‘कालोपत्रे’भन्दा ३० वर्ष बढी टिकाऊ

असोज ३० गतेको मन्त्रिपरिषद बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको...