Monday, July 20, 2026
spot_img

सिमेन्ट उत्पादक संघका अध्यक्ष भन्छन्, ‘बजेटले स्पष्ट प्रोभिजन दिन सकेन’

spot_img

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले आगामी आर्थिक वर्षको बजेटले खासै स्पष्ट ‘प्रोभिजन’ नदिएको प्रतिक्रिया दिएका छन् । कम्पनीका सहजीकरण गर्न एकल विन्दु सेवा केन्द्रमार्फत दर्ता लगायतका कुरामा सहजता प्रदान गर्ने भनिएपनि उद्योगको हकमा पनि यो सुविधा आवश्यक रहेको अध्यक्ष मारुको भनाइ छ ।

यस्तै, उद्योगले आवश्यकताका आधारमा जग्गा राख्न पाउनुपर्ने भएपनि हदबन्दीको कुरा सम्बोधन हुन नसकेको उद्योगी मारुको भनाइ छ । ‘कुनै उद्योगलाई १० रोपनी जग्गा चाहिन्छ, कुनैलाई १५ रोपनी चाहिन सक्छ’ अध्यक्ष मारुले भने, ‘हदबन्दीमा एउटै खालको प्रावधानले उद्योगलाई न्याय गर्दैन, यो कुरा परिमार्जन हुनुपर्छ भन्ने हाम्रो थियो । तर, यसबारे स्पष्ट कुरा आएन ।’

उनले सिमेन्टमा यसअघि प्रतिटन ११ रुपैयाँ अन्तःशुल्क लाग्दै आएको भएपनि नयाँ बजेटले प्रतिटन ५ प्रतिशत कायम गरेको भन्दै यो प्रावधानले सिमेन्ट उद्योगलाई असर पर्ने पनि बताएका छन् । यो प्रावधानले लागत बढ्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता कमजोर बन्ने अध्यक्ष मारुको चिन्ता छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धोबीघाटमा एमजीको सर्भिस सेन्टर सञ्चालनमा, ७ दिने Service Camp घोषणा

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले...

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिव राख्ने प्रावधान हटाउन रास्वपा सांसदको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल...

पानीको बहाव बढेपछि कोसी नदीका २८ ढोका खोलियो

अविरल वर्षका कारण कोसी नदीमा पानीको बहाव २ लाख...

सरोगेट विज्ञापन गर्न सक्ने व्यवस्था गर्दै सरकार, विज्ञापनका कारण क्षति भए क्षतिपूर्ति दिनुपर्ने

सरकारले राष्ट्रिय विज्ञापन नीति २०८३ ल्याएको छ। प्रधानमन्त्री तथा...

गत आर्थिक वर्ष विद्युत उत्पादन थालेका २२ वटा आयोजना सम्मानित (सूचीसहित)

विद्युत विकास विभागले २० वटा जलविद्युत आयोजना र २...
spot_img