निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नारायण बहादुर कार्की नियुक्त भएका छन् । कम्पनीको असार ३२ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई दुई वर्षको पहिलो कार्यकालको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार उनको कार्यकाल २०८३ साउन १ गतेदेखि २०८५ असार ३१ गतेसम्म कायम रहने छ। यस अघि उनी लघुवित्त कै कामु सीइओ थिए।।









