Saturday, July 18, 2026
spot_img

बाढीले बगरमा परिणत भएका उम्दा शहरहरु

spot_img

बिपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास) सञ्चालनमा आएपछि सिन्धुलीको खुर्कोट, मूलकोट र नेपालथोकका सामान्य बस्ती उम्दा शहरका रुपमा विकसित हुन थालेका हुन् । सरकारले देशैभरीका सय साना शहरलाई आधुनिक शहरका रुपमा विकास गर्ने सूची सार्वजनिक गर्दा सिन्धुलीको खुर्कोट पनि परेको थियो । सोही अनुसार सरकारी सेवाहरु पनि त्यहाँबाट प्रवाह हुन थालेका थिए भने शिक्षा र स्वास्थ्यको हब पनि बनिरहेको थियो ।

त्यस्तै, नेपालथोक र मुलकोट बजार पनि होटल व्यवसायको हब बन्दै थिए । मुलकोट बजार आधुनिक सुविधा सम्पन्न होटल तथा रिसोर्टले भरिभराउ हुन थालेको थियो । एउटै रिसोर्टमा ५० करोडमाथि लगानी भएका थिए । क्वालिटी बिच रिसोर्ट, पौवा होटल, ताज रिसोर्ट, रिभर भ्यू जस्ता चल्तीका होटल तथा रिसोर्टले स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेका थिए । अझ भन्नुपर्दा, यी ठाउँका होटल तथा रिसोर्ट ग्रामिण अर्थतन्त्रका लागि मेरुदण्ड समान थिए ।

तर, असोज ११ र १२ गतेको अविरल वर्षाले सुनकोशी नदीमा आएको भिषण बाढीले नेपालथोक, मुलकोट र खुर्कोट बजार तहसनहस बनायो । नेपालथोक बजारमा होटल व्यवसाय गर्दै आएका होटल तथा पर्यटन व्यावसायी संघ सिन्धुलीका सचिव राज मैनाली (प्रिन्स)का अनुसार भौतिक संरचनामा बाढीले गरेको क्षतिको विवरण अनुमान गर्नै मुस्किल छ । साना किराना पसलदेखि करोडौँ लगानीका होटल तथा रिसोर्टसहित पेट्रोल पम्प र चार्जिङ स्टेशनमा बाढीले गरेको क्षति अर्बौ रुपैयाँ बराबरको छ ।

मुलकोटस्थित क्वालिटी बिच रिसोर्ट सो क्षेत्रको निकै चर्चित र सुविधासम्पन्न रिसोर्ट हो । उक्त रिसोर्टका साना साना कटेज खालका कुनै पनि भवन अहिलेकै अवस्थामा बस्न मिल्ने छैनन् । स्वीमिङ पुलको नामोनिशाना छैन । आडैको चार्जिङ स्टेशन आधा पुरिएको छ । भवनको एक तल्लासम्म माटो थुप्रिएको छ । माटो मात्रै पन्छाउन १ महिना बढी समय लाग्ने उक्त रिसोर्टका सञ्चालक बताउँछन् । सिद्धार्थ प्रीमियर इन्स्योरेन्समा १० करोड बराबरको बीमा गरिएकाले बीमा दाबी समयमै पाउन सकिए त्यसबाट रिसोर्टको पुनःनिर्माण गर्न थोरै भएपनि मद्दत पुग्ने सञ्चालको अपेक्षा छ ।

नेपालथोकको रिभर भ्यू रिसोर्ट पनि तहसनहस भएको छ । त्यहाँको पेट्रोलपम्म ट्याङ्कीसहित बग्दा अब पूर्ववत् अवस्थामा फर्किन्छ कि फर्किदैन यसै भन्न सकिने अवस्था छैन ।

खुर्कोटको तल्लो बजार (रि–फ्रेस सेन्टर भएको ठाउँ)का फलफूल बजार र होटलहरु ध्वस्त भएका छन् । सुनकोशी र तामाकोशी नदी मसिएको ठाउँबाट २ किलोमिटर मात्रै पूर्वमा रहेको यो बजार अहिले बगरमा परिणत भएको छ ।

मुलकोट, खुर्कोट र नेपालथोक बजारमा बन्दै गरेका कयौँ साना ठूला होटल तथा चलिरहेका साना मध्यम स्तरका होटलमा पानीसहितको लेदो छिर्दा अहिले माटोले भरिएका छ । क्षति पुगेका ९० प्रतिशतभन्दा बढी होटल तथा रिसोर्टले बीमा गरेका छैनन् ।

बाढीले बगाएको सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पक्की पुल बेलिब्रीज राखेर खुलाइएपछि यातायात भने सूचारु भएको छ । सिन्धुली र पूर्वी नेपालबाट राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रुबाहक सवारी साधन चल्न थालेपनि खुर्कोट, मुलकोट र नेपालथोकमा थुप्रिएको धुलोको कारण गाडी रोकिँदैनन् ।

खेतीयोग्य जमिन पनि बगर बन्यो

खुर्कोट, मुलकोट र नेपालथोक खेतीयोग्य जमिन भएको उर्वर ठाउँ पनि हो । तर, हालैको बाढीले भित्र्याउने बेला भएको धान बाली नष्ट मात्रै गरेको छैन, कयौँ रोपनी खेतीयोग्य जमिनमा ढुङ्गै ढुङ्गाको गेग्रान थुपारिदिएको छ ।

जिल्ला प्रशासन कार्यालयसँग पनि कति रोपनी जमिन बगरमा परिणत भयो भन्ने कुनै यकिन विवरण छैन । तर, स्थानीयहरुका अनुसार बाढीले नेपालथोकदेखि खुर्कोट हुँदै हैबार बेसीँसम्म हजारौँ रोपनी धानखेत नष्ट गरेको छ ।

‘अवस्था यस्तो छ कि, जग्गा धनीले मेरो जग्गा यहाँनेर थियो भनेरसमेत अनुमान लगाउन सक्ने स्थिति छैन’ खुर्कोटका एक जना स्थानीय भन्छन्, ‘खाने अन्नको भण्डार नै खण्डहर बनेपछि बाढीले घरखेत बगाए पनि आफूँ बाँचियो भनेर के खुशी मान्नु र ? कयौँ वर्ष लगाएर आर्जेको (आर्जन गरेको) घरखेत बाढीले निलिहाल्यो, अब के खाएर पो बाँचिएला र ?’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...
spot_img