Saturday, July 18, 2026
spot_img

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

spot_img

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका साथ आगामी मंसिरमा काठमाडौंमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी—२०८३’ आयोजना हुने भएको छ । ‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आगामी मंसिर ४, ५ र ६ गते भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि साउन १ गतेदेखि स्टल बुकिङ खुला गरिएको छ ।

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा यो प्रदर्शनी हुन लागेको हो ।

नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रको रूपान्तरणमा टेवा पुऱ्याउने उद्देश्यले आयोजना गरिने यस मेलाका लागि आगामी २०८३ श्रावण १ गते देखि स्टल बुकिङ खुला गरिने आयोजकले जनाएका छन् ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ र सरकारका विभिन्न निकायहरूको सहकार्यमा हालसम्म पाँच पटक राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एक पटक प्रादेशिक प्रदर्शनी तथा एक पटक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भइसकेको छ । यस वर्षको अन्तर्राष्ट्रिय प्रदर्शनी थप बृहत् र प्रविधिमैत्री हुने विश्वास लिइएको नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिता नेमाफुकिले जानकारी दिएकी छिन् ।

नेमाफुकिका अनुसार प्रदर्शनीमा एक सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीकर्ताहरूको सहभागिता रहनेछ भने कुल स्टल संख्या दुई यस भन्दा बढी हुनेछन् । विभिन्न १० मुलुकका २००० भन्दा बढी प्रकारका आधुनिक कृषि औजार, उपकरण, यन्त्र तथा नवीनतम प्रविधिहरू एकै थलोमा प्रदर्शन गरिने छ ।

‘मेड इन नेपाल’ र ’मेक इन नेपाल’ अन्तर्गतका कम्पनीहरूलाई विशेष छुट प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।

कृषक, उद्यमी तथा सर्वसाधारणका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती, आधुनिक सिँचाई प्रणाली, पोस्ट–हार्भेष्ट प्रविधि, कृषि उपज प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित अत्याधुनिक यन्त्र–उपकरणका साथै उन्नत बीउबिजनहरूको प्रदर्शनी गरिनेछ । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिष्ठित उत्पादक र विक्रेताहरूको सहभागिता सुनिश्चित भइसकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...
spot_img