Saturday, August 15, 2026
spot_img

पेट्रोलमा मिसाउन लागिएको ‘इथानोल’ कसरी बन्छ ? गाडीका इन्जिनमा असर गर्छ कि ? (भिडियो)

spot_img

‘पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी आदेश–२०८२’ मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै अहिले यसबारे चर्चा भइरहेको छ । गत पौष २१ गतेको मन्त्रिपरिषद बैठकले उक्त आदेश स्वीकृत गरेसँगै पेट्रोलियम व्यवसायीदेखि अटोमोबाइल्ससम्म यसबारे छलफल हुन थालेको छ ।

तर, पेट्रोलमा इथानोल मिसाउने योजना बनेको दुइ दशक अगाडि नै हो । तर, नीतिगत प्रावधानको अभावमा आयल निगमले पेट्रोलमा इथानोल मिसाउने काम गर्न सकेको थिएन । अब भने प्रक्रियागत काम अघि बढाएर पेट्रोलमा इथानोल मिसाउने बाटो खुलेको आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टको भनाइ छ ।

पेट्रोलमा इथानोल मिसाउने भनेको के हो ?

आयल निगमका अनुसार पेट्रोल भनेको मिनरल फ्युल हा । अर्थात्, खनिज इन्धन हो । इथानोल भनेको बायो फ्युल हो । अर्थात्, जैविक इन्धन हो । यी दुइलाई मिसाएर प्रयोगमा ल्याउने कामलाई नै पेट्रोलमा इथानोल मिश्रणको काम भनिने हो ।

निगमका कार्यकारी निर्देशक डा. भट्टका अनुसार पेट्रोलमा इथानोल मिश्रण गर्दा त्यसले नेपाललाई ठूलो लाभ प्रदान गर्नेछ । खर्च कम हुने र वातावरण प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने निगमको विश्वास छ ।

‘खनिज इन्धनका रुपमा रहेको पेट्रोल प्रयोग गर्दा त्यसबाट कार्बनमोनोअक्साइड, कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन अक्साइडजस्ता हानिकारक ग्यास वातावरणमा निस्किन्छन् । यीले प्रदूषण बढाउँछन्’ डा. भट्टले बिजनेश पानासँग भने, ‘तर, इथानोलमा अक्सिजनको मात्रा बढी हुन्छ । पेट्रोलमा अक्सिजन बढी हुने इथानोल मिश्रण गर्दा हानिकारक ग्यासको उत्सर्जन घट्छ । यसले पर्यावरण प्रदूषण घटाउन योगदान दिन्छ ।’

यस्तै, अहिलेको तुलनामा पेट्रोलको लागत मूल्य पनि कम पर्ने र यसले निगमसहित उपभोक्तालाई पनि सहयोग पुग्ने उनको विश्वास छ ।

१० प्रतिशत मिश्रणको तयारी

पेट्रोल नेपालका लागि शत् प्रतिशत आयातित वस्तु हो । तर, यसमा नेपालकै उद्योगहरुबाट निस्कने इथानोल मिश्रण गर्दा त्यसले ब्यापार घाटा कम गर्नसमेत मद्दत पुग्ने विश्वास लिइएको छ ।

कार्यकारी निर्देशक भट्टका अनुसार निगमले अहिले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने गरी आफ्नो तयारी अघि बढाइरहेको छ । यसले सवारी साधनको इन्जिनमा समस्या ल्याउँछ कि भन्ने आम चासो पनि छ । तर, कार्यकारी निर्देशक भट्टले भने आफूहरुको अध्ययनले १० प्रतिशत इथानोल मिश्रण गर्दा सवारीको इन्जिनमा कुनैपनि समस्या नआउने देखाएको दाबी गरेका छन् ।

‘हामीले १० प्रतिशतसम्म मिश्रण गर्ने भनेका छौँ । यसको अर्थ हामीलाई ५ प्रतिशत मात्रै इथानोल उपलब्ध भयो भने मिश्रण नगर्ने भन्ने होइन, ५ प्रतिशत ६ प्रतिशत जति उपलब्ध हुन्छ मिश्रण गर्दै जाने भन्ने छ’ उनले भने, ‘अधिकतम् १० प्रतिशतसम्म मिश्रण गर्दा गाडीका इन्जिनमा कुनैपनि खालको समस्या आउँदैन । भारतमै पनि २० प्रतिशत इथानोल मिसाइएको इन्धन प्रयोग हुन्छ ।’

केबाट बन्छ इथानोल ?

इथानोल बनाउन मोलासिस भन्ने कच्चा पदार्थ आवश्यक हुन्छ । यो भनेको अल्कोहलिक पदार्थ हो । उखु, सिमल तरुल, मकैसहित विभिन्न वनस्पतिजन्य उत्पादनबाट मोलासिस उत्पादन हुन्छ ।

अहिले पनि चिनी मिलहरुबाट उत्पादित इथानोल दाना उद्योग र मदिरा उद्योगहरुले खरिद गरिरहेका हुन्छन् । चिनी उद्योगबाट अहिलेकै अवस्थामा दैनिक ५० हजार लिटरसम्म इथानोल उपलब्ध हुने देखिएको निगम बताउँछ ।

निगमलाई चिनी उत्पादकहरुले दिएको जानकारी अनुसार अहिले नेपालका चिनी मिलहरुले प्रतिलिटर ११० रुपैयाँमा इथानोल उपलब्ध गराउन सक्छन् । ‘अब सरकारले अन्तःशुल्क कति लगाउँछ, अरु करहरु कति लिन्छ भन्ने कुरा हो’ डा. भट्टले भने, ‘अहिलेको पेट्रोलको मूल्य पनि भ्याट, कर सबै जोडेपछिको मूल्य हो । यस आधारमा इथानोल मिश्रण गर्दा पेट्रोलको मूल्य पनि कम हुन सक्छ ।’

भिडियो:

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img