रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

spot_img
spot_img

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २.१८ प्रतिशतले बढेर ५८ करोड २६ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५७ करोड १ लाख खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क संकलन ५ अर्ब ३ करोडबाट बढेर ६ अर्ब ३१ करोड पुगेको छ। कम्पनीको कुल आम्दानी ६ अर्ब ८२ करोडबाट बढेर ७ अर्ब ८४ करोड पुगेको छ। कम्पनीको खुद दाबी भुक्तानी ४ अर्ब ८४ करोडबाट बढेर ५ अर्ब ५७ करोड पुगेको छ । कम्पनीको कुल खर्च ६ अर्ब २१ करोडबाट बढेर ७ अर्ब २६ करोड पुगेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ २१ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १४८.४९ रुपैयाँ रहेको छ।

५ अर्ब १९ करोड चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ती कोषमा २८ करोड ७४ लाख रहेको छ। त्यस्तै शेयर प्रिमियममा १ अर्ब ३९ करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ्गमा ८१ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...