Friday, August 14, 2026
spot_img

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

spot_img

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि पहिलो पटक टिकटिङ पार्टनरको पनि टेण्डर आह्वान गरेको छ। क्यानले आज टिकटिङ पार्टनरको लागि टेण्डर आह्वान गरेको हो ।

एनपीएलको पहिलो र दोस्रो संस्करणमा खल्ती टिकटिङ पार्टनरको रुपमा रहेको थियो। विगतका सम्झौताको आधारमा भन्दै क्यानले खल्तीलाई नै टिकटिङ पार्टनरको रुपमा निरन्तरता दिएको हो।

अब भने क्यानले एनपीलको तेस्रो संस्करणको लागि भनेर पहिलो पटक टिकटिङ पार्टनरको पनि टेण्डर आह्वान गरेको हो। क्यानले पहिलो पटक टिकटिङ पार्टनरको पनि टेण्डर आह्वान गरेसँगै अन्य वालेट कम्पनीहरु उत्साहित देखिएका छन्। क्यानले टेण्डर आह्वान गरेसंगै अब टिकटिङ पार्टनर छनौटको प्रक्रिया पारदर्शी हुने अपेक्षा गरिएको छ।

एक वालेट कम्पनीका बिजनेश हेडले भने ‘विगतमा जे जसरी टिकटिङ पार्टनर चयन भए पनि अब टिकटिङ पार्टनरको लागि पनि छुट्टै टेण्डर आह्वान भएको छ, यसले टिकटिङ पार्टनर छनौट प्रक्रिया पारदर्शी हुनेमा आशावादी छौँ, सबैलाई प्रक्रियामा सहभागी हुने अवसर मिलेको छ, यो क्षेत्र उत्साहित छ’।

क्यानले टिकटिङ पार्टनरको लागि निश्चित मापदण्ड राखेको छ, ति मापदण्ड पुरा गर्नेले टिकटिङ पार्टनरको लागि टेण्डर हाल्न सक्ने छन् ।

यस अघि आईएमई पे र खल्तीले मात्र क्यानको लागि टिकटिङ पार्टनरको रुपमा काम गरेका छन्। हाल यी दुवै मर्ज भएर खल्ती बाई आईएमईको रुपमा संचालन छन् । टिकटिङ पार्टनरको लागि खल्तीसंगै ईसेवा र माईपेलाई पनि दाबेदारको रुपमा हेरिएको छ। यी ३ वालेटहरु नेपालमा सर्वाधिक डाउनलोड भएका प्रमुख वालेटहरु हुन्। अर्का एक वालेट कम्पनीका प्रतिनिधिले पनि मापदण्ड हेरेर योग्यता  पुग्ने देखिएमा पछि नहट्ने बताएका छन्। यससंगै टिकटिङ पार्टनरको लागि राम्रै प्रतिस्पर्धा हुने देखिन्छ।

इच्छुक तथा योग्य कम्पनीले सेप्टम्बर ४ तारिखको दिन मध्यान्ह १२ बजेसम्म आवेदन दिन सक्ने छन् । सोहि दिन २ बजे परेका टेण्डरहरु खोलिने क्यानले जनाएको छ ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुँदै छ। क्यानले नेपाल भित्रको लागि प्रतियोगिता प्रसारणको टेलिभिजन अधिकार र OTT प्लेटफर्ममा प्रतियोगिताको विश्वब्यापी प्रसारण अधिकार (भारत बाहेक) को लागि पनि आज नै टेण्डर खुलाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...

SOPPAN Holds Cordial Talks with New ERC Chairman on Solar Power Sector Reforms

The Solar Power Producers Association Nepal (SOPPAN), led by...

तोलामै ४६ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...
spot_img