Sunday, March 15, 2026
spot_img

कांग्रेस–एमालेबीचको सहकार्यबाट उद्योगी व्यवसायी के चाहन्छन् ?

spot_img
spot_img

नयाँ सरकार बन्नेगरि संसदका दुइ ठूला दलबीच सत्ता समिकरण बनेको कुरा आएको छ । संसदमा भएका पहिलो र दोस्रो दल एक ठाउँमा आएका छन् । नेपाली र कांग्रेस र नेकपा एमाले एक ठाउँमा आउँदा झण्डै दुइ तिहाईको समिकरण बन्छ । राजनीतिक दलहरुबीच एक मत हुनु राम्रै हो । अझ दुइ ठूला दलहरु एक ठाउँमा आउनु भनेको राम्रै हो भन्ने लाग्छ ।

दुइ दलबीच संविधानमा भएका असजिलाहरु हटाउने गरि संविधानमै पनि संशोधन गर्ने, ठूलो सरकार वा संरचना हुँदा त्यसले सरकारको खर्च बढाइरहेकोमा त्यसलाई सानो बनाउने भन्ने कुराहरु आएका छन्, यी अत्यन्त सह्रानीय छन् ।

अब दुइ ठूला दल एक ठाउँमा आएकाले अर्थतन्त्र सुधारका ठोस योजनासहित नयाँ खालको आर्थिक प्याकेज नै घोषणा गर्नुपर्छ भन्ने मेरो बुझाइ छ । ठप्प प्रायः अवस्थामा रहेको अर्थतन्त्रलाई कसरी चलायमान बनाउने, निर्यात कसरी बढाउने, आयातलाई कसरी प्रतिस्थापन गर्ने र स्वदेशी उत्पादन कसरी बढाउनेमा हाम्रो स्रोतको बढी उपयोग हुन जरुरी छ । सँगै, दुइ ठूला दल नै एक ठाउँमा आएकाले सकेसम्म कर्मचारीतन्त्रलाई सेवामुखी बनाउने गरि ‘रिफर्म’ गर्नुपर्ने आवश्यकता पनि छ । उनीहरुलाई सुविधा बढाएर हुन्छ कि, सहुलियत दिएर हुन्छ कि, मोटिभेशन गरेर हुन्छ कि, नीतिगत सुधार गरेर हुन्छ कि, जसरी हुन्छ कर्मचारीतन्त्रलाई सेवामुखी संरचनाका रुपमा विकास गर्न आवश्यक छ ।

हामीसँग जति पनि घोषणा भएका परियोजनाहरु छन्, त्यस्ता आयोजनाका आयोजना प्रमुखहरुलाई काम गर्न कुनै अवरोध गरिनु हुँदैन । खासगरि, राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुलाई ‘टार्गेट’ दिएर काम लगाउने अभ्यास बढाउँदै लैजानुपर्छ । पक्कै पनि संसदका दुइ ठूला राजनीतिक पार्टीहरुले यतातर्फ ध्यान दिएर आम नागरिकका यी र यस्ता चाहना पूरा गर्नेतर्फ अघि बढ्नेमा हामी आशावादी छौँ ।

अर्को कुरा, करका विषयमा पनि कुनै दुविधामा नपरी दर नभई दायरा बढाउन केन्द्रित हुनुपर्छ । राजस्व बढी संकलन हुन्छ भनेर करको दर बढाउँदा त्यसले चोरी पैठारी बढाइरहेको हुन्छ । यतातर्फ पनि सोच विचार गरेर नयाँ बन्दै गरेको सत्ता समिकरणले ख्याल गर्नेछ भन्ने लाग्छ ।

निजी क्षेत्र जोखिम लिने समुदाय हो । जोखिम लिएरै उद्योगधन्दा र व्यापार व्यवसाय गरिएको हुन्छ । निजी क्षेत्र सधैँ सरकारसँग आशावादी हुन्छ । राजनीतिक दलहरु, दलका नेताहरुबाटै आशा राख्ने हो । नीति बनाउने उहाँहरुले नै हो, देश चलाउने उहाँहरुले नै हो । यसकारण उहाँहरुलाई देशको आवश्यकता र के गर्दा निजी क्षेत्रको विकास हुन्छ भन्ने कुरा थाहा छ । यस हिसाबले पनि संसदका दुइ ठूला राजनीतिक दलहरु एक ठाउँमा उभिएर बन्दै गरेको समिकरणले देशमा आर्थिक नीतिहरुमा स्थिरता प्रदान गर्नेछ र देशको अर्थतन्त्र कोभिड–१९ अगाडीकै अवस्थामा फर्काउन नीतिगतदेखि हरेक तवरबाट सहजीकरण हुनेछ भन्नेमा हामी आशावादी छौँ ।

चुनावका बेला एक अर्काका प्रतिस्पर्धी, लामो समय सत्ताको चलाएको अनुभव भएका र देशमा एकता आवश्यक रहेको बेला सहकार्यसमेत गरेका दुबै दल एक ठाउँमा उभिँदा उद्यमी व्यवसायीसहित आम नागरिकले राम्रै नतिजाको आशा गर्दछन् । अहिलेको आर्थिक मन्दीको अवस्था र यसबाट मुलुकलाई बाहिर निकाल्न गर्नुपर्ने हरेक खालका सहजीकरणका निम्ती नेताहरु गम्भीर भएर लाग्नुहुनेछ र मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन नेतृत्व लिनु हुनेछ भन्नेमा हामी आशावादी छौँ । उहाँहरुलाई हाम्रो अनुरोध र आग्रह पनि यही नै छ ।

(नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बिजेनश पानासँग गरेको कुराकानीमा आधारित)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

खुद नाफामा ८ वटा विकास बैंक भन्दा लक्ष्मी सनराइज बैंक पछाडी

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

आयल निगमले भन्यो ‘ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ’

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर...

स्थिर सरकार हुने भएपछि हिमालय जेट उत्साहित, सिधा उडानमात्र नेपाललाई युरोपसँग जोड्ने

हालै सम्पन्न निर्वाचनको नतिजाले नेपालमा स्थिर सरकार हुने पक्का...

२ वटा राजमार्ग विस्तार हुँदा विस्थापित भएकालाई राहत, ऋण पुनरसंरचना सुविधा पाउने

महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापितले केही...

राष्ट्र बैंकद्वारा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन, ४ वटा व्यवस्था फेरिए

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरेको...
spot_img