भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय

spot_img
spot_img
सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ।
जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनसमेतको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। यसैगरी, बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ। यसैगरी, लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ।
बैठकमा प्रधानमन्त्रीले विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो। यस कार्यमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता र बाग्मती, गण्डकी, मधेश र कोशी प्रेदशका मुख्यमन्त्रीहरुले आफ्नो पूर्ण साथ रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बुढानीलकण्ठमा ९२ कोठाको IBIS Styles Hotel विकास तथा व्यवस्थापनका लागि सम्झौता

नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति विस्तार...

यसपटकको हिउँदमा हिमालय क्षेत्रमा बढी वर्षा र हिमपातको सम्भावना

यस वर्षको हिउँदमा हिन्दुकुश हिमालय क्षेत्रका धेरै देशमा सामान्यभन्दा...

सुनकोशी–मरिण डाईभर्सनको ठेक्का रद्द सम्बन्धि कागजात उपलब्ध गराउन लेखा समितिको निर्देशन

सुनकोशी–मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलब्ध गराउन...

कोरला नाकामा हिउँ पर्न थाल्यो, साढे २ महिना चीनसँगको व्यापार कसरी सञ्चालन होला ?

नेपाल–चीनको व्यापारका लागि वैकल्पिक नाकाका रूपमा प्रयोग भइरहेको मुस्ताङको...

आकाश क्यापिटलको शेयर किनेर कामना सेवा पनि मर्चेन्ट बैंकिङ व्यवसायमा

कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटल लिमिटेडको संस्थापक...

नामी भिगो vs एट्टो–२ः क्षमता, विशेषता र मूल्यका आधारमा कुन उत्कृष्ट ?

अटोमोबाइल्स बजारमा अहिले दुइ चर्चित ईभी ब्राण्डका कम्प्याक्ट एसयूभी...